शुक्रबार, बैशाख ७, २०८१

युवा बिकास बहुउद्देश्यीय सहकारीको दोस्रो बार्षिक साधारण सभा सम्पन्न

शेयर सदस्यलाई १५ प्रतिशत बोनस ,आजैबाट इन्टरनेट बैकिङ्ग सेवा शुरु

काठमाडौ पुुस  २९,  सहकारीको भिडमा छोटो समयममा नै आफनो बेग्लै पहिचान बनाउन सफल युवा बिकास बहुउद्देश्यीय सहकारी संस्थाले स्थापनाको दोस्रो बार्षिक साधारण सभा भब्यताका साथ सम्पन्न गरेको छ । स्थापनाको दोस्रो बर्षमै सहकारीले आफ्ना शेयर सदस्यलाई १५ प्रतिशत बोनस दिन सफल भएको छ ।   शनिबार राजधानीमा आयोजित दोस्रो बार्षिक साधारण सभामा बोल्दै सहकारी हक हित राष्ट्रिय समाजका ऋषि राम ढकालले सहकारीका कार्यक्रम उत्पादनमुखी हुनुपर्नेमा जोड दिए । उनले सहकारीले सबै तहतप्काका नागरिकहरुको आर्थिक एवम् सामाजिक समृद्धिका लागि सहयोग गर्ने बताउँदै सहकारीको माध्यमबाट आम नागरिकको जीवनस्तरमा परिवर्तनगरी स्वाधीन अर्थतन्त्र निर्माणमा टेवा पु¥याएको बताए ।

साधारण सभामा बोल्दै सहकारीका अध्यक्ष किसन राई (एलाईभ ग्लाईडर)ले सबैको साथ सहयोगबाट सहकारीले दुई बर्षमा ३५ करोड भन्दा बढीको कारोबार गर्न सफल भएको उद्घोष गर्दै आगामी वर्ष शेयर सदस्य वृद्धिका लागि विशेष कार्यक्रम ल्याउँने तयारी रहेको बताउदैै युवाहरुलाई रोजगारी सृजना गर्नमा सहकारी लागेको बताए । स्थापना कालदेखि देखीनै आफ्ना सदस्यहरुको आर्थिक विकासको लागि बिशेष कार्यक्रम संञ्चालन गदै आएको प्रस्तुत सहकारीले आजैबाट इन्टरनेट बैकिङ्ग सेवा शुरु गरेको जानकारी दिए ।

राजधानीको नयाँ सडकमा रहेको प्रस्तुत सहकारी संस्थाको साधारण सभाको अवसरमा बिभिन्न क्षेत्रमा रहेर उत्कृष्ट योगदान दिने कर्मचारीलाई सम्मान गरिएको थियो । सहकारीले सदस्यहरुलाई मोबाइल बैंकिङ रेमिटेन्स लगायतका सुविधा प्रदान गर्दै आएको छ ।  ‘सुरक्षित बचत सुरक्षित लगानी उज्वल भबिश्य हाम्रो प्रतिवद्धता’ भन्ने मोटोलाई आत्मसाथ गरेको सो सहकारीका १५०० भन्दा बढी सदस्य रहेका छन् । बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म सदस्यलाई सेवा दिदै आएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु