मङ्लबार, बैशाख ४, २०८१

यस्तो छ वालकोटको पारिलो घाममा बुन्दै गरेको पार्टीगत र नयाँ सरकारको संरचना

  • नेता खनाललाइ राष्ट्रपति र नेम्वाङलाइ सभामुखको जिम्मेवारी

  •  रावललाइ महासचिव र माधव नेपाल ,नाराणकाजी श्रेष्ठ, वामदेव गौतम ,कृष्णबहादुर महरा लगायतलाइ वरिष्ठ नेताको मर्यादाक्रममा राख्ने तयारी

  •  पार्टीगत व्यवस्थापनको लागि अलर्ट भएर बस्न आफू निकट नेताहरुलाई निर्देशन

आफु राष्ट्रपति बन्ने  हल्लामा कुनै सत्यता नभएको नेता खनालको जिकिर

काठमाडौं पुस २०, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली केहि दिन यता भक्तपुर वालकोटस्थित  निवासमा आराम गर्दै माओवादी केन्द्रसंगको पार्टी एकिरकण एवम् नयाँ सरकारको संरचना निमार्णमा लागि परेको सम्बद्ध सुत्रले जनाएको छ । यसक्रममा अध्यक्ष ओलीले पार्टी एकिरकण लगत्तै नेताहरुको पदिय मर्यादाक्रम अन्र्तगत अध्यक्ष महासचिव मात्र नभएर प्रधानमन्त्री तथा राष्ट्रपति उपराष्ट्रपति सभामुख उपसभामुख एवम् सरकारमा को कोसलाइ सहभागी गराउँने हो त्यसको तानावाना बुन्दै गरेको बुझिएको छ ।

समाचार सूत्रका अनुसार अध्यक्ष ओलीले मुलुकको कार्यकारी प्रम आफुले चलाउँने भएपछि पार्टी अध्यक्षको जिम्मेवारी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाइ दिदै एमाले वृतका वरिष्ठ नेता माधव नेपाल , झलनाथ खनाल वामदेव गौतम , सुवास नेम्वाङ, भिम रावल, इश्वर पोखरेल लगायतका नेता त्यस्तैगरि माओवादी केन्द्रका वरिष्ठ नेता जस्तै नाराणकाजी श्रेष्ठ, कृष्णबहादुर महरालगायतलाइ दिइने स्थानको निधो गरेको बताएका छन ।
जसअनुसार नेता झलानाथ खनाललाइ राष्ट्रपतिको जिम्मेवारी त्यस्तै सुवास नेम्वाङग लाइ सभामुख, भिम रावललाइ महासचिव र माधव नेपाल ,नाराणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा लगायतलाइ वरिष्ठ नेताको मर्यादाक्रममा राख्ने तयारी भइरहेको बुझिएको छ । साथै एकतापछि बाँकी शीर्ष नेताहरुलाई पनि उचित व्यवस्थापन गर्ने भन्दै सोही अनुसार अलर्ट भएर बस्न आफू निकट नेताहरुलाई निर्देशन दिएको थाहा भएको छ ।

यसैवीच राष्ट्रपतिको जिम्मेवारी दिने भनिएका एमालेका वरिष्ठ नेता झलनाथ खनालले भने आज झापाको बिर्तामोडमा प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै आफु राष्ट्रपति बन्ने जुन हल्ला बजारमा चलेको छ त्यस हल्लामा कुनै सत्यता नभएको बताउँदै हल्ला आफैमा पूर्णत निराधार रहेको जनाउ दिएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।