शनिबार, बैशाख ८, २०८१

यसरी खुवाइयो सातै प्रदेशका प्रदेशसभा सदस्यहरुलाइ शपथ

काठमाडौं माघ ७, प्रदेशसभाका नव निर्वाचित सदस्यहरूलाइ आज सम्बन्धित प्रदेशका अस्थायी मुकाममा आयोजित सपथग्रहण कार्यक्रममा पद तथा गोपनीयताको शपथग्रहण गराइैएको छ । संविधान र प्रदेशसभा निर्वाचन ऐनअनुसार प्रदेशसभामा निर्वाचित ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखले र ज्येष्ठ सदस्यले अन्य सांसदलाई शपथग्रहण गराउनु भएको हो ।

यसक्रममा प्रदेश नम्बर १ मा प्रदेश प्रमुख गोविन्द सुब्बाले ७४ वर्षीय ज्येष्ठ सदस्य ओमप्रकाश सरावगीलाई शपथ गराउनु भएको थियो भने त्यस लगत्तै ज्येष्ठ सदस्य सरावगीले त्यस प्रदेशका ९८ प्रदेशसभा सदस्यलाई शपथ गराउँनु भएको हो ।  त्यस्तै प्रदेश २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायश्थबाट जेष्ठ सदस्य लगनलाल चौधरीलाइ पहिलो सपथ गराउनु भएको थियो त्यस लगत्तै ज्येष्ठ सदस्य चौधरीले त्यस प्रदेशका निर्वाचित प्रदेश सदस्यलाइ सपथ गराउनु भएको थियो ।

प्रदेश नम्बर ३ मा प्रदेश प्रमुख अनुराधा कोइरालाले ज्येष्ठ सदस्य डोरमणि पौडेललाई सुरुमा शपथ गराउनु भएको पथयाृ त्यसलगत्तै ज्येष्ठ सदस्य पौडेलले ३ न प्रदेशका ९९ जना सदस्यलाइ शपथ दिलाउनु भएको थियो ।  प्रदेश नम्बर ४ का प्रदेश प्रमुख बाबुराम कुँवरले ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठलाई लाइ त्यसपछि ५८ प्रदेशसभा सदस्यलाई ज्येष्ठ सदस्य श्रेष्ठले शपथ खुवाएका छन् भने प्रदेश नम्बर ५ का प्रमुख उमाकान्त झाले जेष्ठ सांसद बलदेव शर्मा पोखरेललाई शपथ खुवाएलगत्तै उहाँले प्रदेश नम्बर ५ का ८७ जना प्रदेश सभा सदस्यलाइ सपथ दिलाउनु भएको थियो ।

 त्यस्तैगरि प्रदेश नम्बर ६ प्रदेश प्रमुख दुर्गाकेशर खनालले ज्येष्ठ सदस्य ६८ वर्षीय हिमबहादुर शाहीलाई शपथ खुवाएका छन् भने शाहीले ३९ सांसदलाई शपथ गराउने कार्यक्रम रहेको बताईएको छ भने प्रदेश नम्बर ७ का प्रदेश प्रमुख मोहनराज मल्लको जहाज नउडेपछि गाडीबाट धनगढी आउँदा शपथ ग्रहण ढिला हुने भएको छ । प्रदेश प्रमुख धनगढी आएलगत्तै पदबहाली गर्ने र ज्येष्ठ सदस्य ७४ वर्षीय दिव्यश्वरी शाहलाई शपथ खुवाउने र त्यस लगत्तै ५२ जना प्रदेशसभा सदस्यलाई शपथ खुवाउने कार्यक्रम रहेको बताईएको छ । फोटो :रामेश्वर फुयालको फेसवुक पेज

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।