शनिबार, बैशाख ८, २०८१

मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै राजधानीमा प्रर्दशन, सरकारी फोडियो

काठमाडौ पुस १९,  युवा विद्यार्थी संगठनहरूले प्रतिनिधिसभाको समानुपातिकतर्फको मत परिमाण सार्वजनिक गर्न र पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै आज राजधानीम प्रर्दशन गरेका छन् ।  प्रदर्शनको क्रममा ‘पेट्रोलियम पदार्थको वृद्धि मूल्य फिर्ता गर’, ‘अविलम्ब प्रतिनिधिसभाको मत परिमाण सार्वजनिक गर’ जस्ता नारा लगाइएको थियो । त्यस्तै प्रदर्शनमा सहभागी समूहले को १ झ ५३२ न को सरकारी गाडी समेत तोडफोड गरेका छन ।

प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पस अगाडिबाट निकालिएको जुलुस भद्रकाली, नयाँ सडक हुँदै रत्नपार्कस्थित शान्तिवाटिकामा पुगेर समापन भएको थियो   ।
यसैबीच युवा विद्यार्थी संगठनको आज बसेको बैठकले मूल्यवृद्धि फिर्ताको माग गर्दै भोलि र पर्सि निगम घेराउ तथा मत परिमणाम सार्वजनिक गर्न माग गर्दै सडक बहस गर्ने निर्णय गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।