शुक्रबार, बैशाख ७, २०८१

मुलुकलाई जनादेशानुसार अघि बढाउन गठबन्धनको आयोगलाई आग्रह

समानुपातिकको परिणाम अविलम्ब सार्वजनिक गर

काठमाडौ पुस १७, वाम गठबन्धनका नेताहरुले प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादव र आयुक्तसँगको भेटमा प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको परिणाम अविलम्ब सार्वजनिक गर्न आज निर्वाचन आयोगको ध्यानकर्षण गराएको छ ।  नेताहरुले आयोगले राष्ट्रियसभाको निर्वाचन पछि मात्र समानुपातिकाको परिणाम सार्वजनिक गर्ने तयारी गरेको भन्दै ध्यानकर्षण सहित मुलुकलाई जनादेशानुसार अघि बढाउन पनि गठबन्धनले आयोगलाई आग्रह गरेको हो ।

भेटपछि बाम गठबन्धनको तर्फबाट एमालेका उपाध्यक्ष भीमबहादुर रावलले ‘संविधानको भावनानुसार ७ दिनभित्र निर्वाचन परिणाम दिनुपर्नेमा लामो समयसम्म अड्काएर राख्दा मत दिने जनताको आदेश विपरीत जनाउ दिदै समानुपातिकको परिणाम सार्वजनिक गर्न राष्ट्रियसभाको निर्वाचन पर्खन नपर्ने जिकिर गर्नुभएको थियो ।

भेटवार्ताको क्रममा एमालेबाट रावलसहित स्थायी कमिटी सदस्य सुवास नेम्वाङ तथा नेताहरु अग्नि खरेल र कृष्णगोपाल श्रेष्ठ तथा माओवादी केन्द्रबाट नेताहरु कृष्णबहादुर महरा, वर्षमान पुन र रामनारायण बिंडारी लगायतका नेताको सहभागिता रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।