शुक्रबार, चैत्र १६, २०८०

मुलुकको तेस्रो राष्ट्रपति बन्नका लागि वहालवाला राष्ट्रपति देखि माओवादी र एमालेवृतबाट दौडधुप सुरु

काठमाडौ पुस ३० संघीय गणतान्त्रिक मुलुक नेपालको तेस्रो राष्ट्रपति बन्नका लागि दौडधुप सुरु भएको छ । मुलुकको संविधान अनुसार एक पटक राष्टपतिको जिम्मेवारी सम्हमलिसकेका व्यक्ति दोस्रो पटक पनि राष्टपतिको लागि उम्मेदवार बन्न सक्ने खुला प्रावधान अनुरुप राष्टपतिको यो दौडमा वहालवाला राष्टपति विद्यादेवी भण्डारी देखि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड , एमाले नेता झलनाथ खनाल सुवासचन्द्र नेम्वाङ त्यस्तै गरि माओवादी केन्द्का तर्फबाट निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा अयोधी यादवको खुला रेसमा रहेको बताईएको छ ।  त्यसोत कार्यकारी पदमा  आफ्नो उपस्थिती चाहने  माओवादी केन्द्रका  अध्यक्ष  प्रचण्डले आफ्नो सुरक्षित राजनैतीक अवतरणको लागि भन्दै   राष्ट्रपतिको जिम्मेवारी प्रति  इच्छा  जाहेर गरेको बुझिएको छ ।

 संविधानत संघीय संसदले पूर्णता पाएसंगै राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखको निर्वाचन हुन्छ । त्यसपछि वहालवाला राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यावधि स्वतः अन्त्य हुने छ ।

यसवीचमा नयाँ संविधानले राष्ट्रपति र उपराष्ट्रपति दुवैलाई फेरी नयाँ व्यवस्थाअनुसार चुनिएर आउन रोक नलगाएपछि अहिलेका राष्ट्रपति भण्डारी आफूलाई पूनः दोहोर्याउनको लागि लागि परेको समाचारस्रोतको दावी रहेको छ । यसको लागि उहाँले सम्पन्न निर्वाचनमा बाम गठबन्धनले आफ्नो बर्चश्व कायम गरेसंगै एमाले र माओवादी केन्द्रका अध्यक्षसंगको भेटवार्ताको क्रममा आफ्नो इच्छा जाहेर गरेको बुझिएको छ । तर उहाँको इच्छाप्रति एमाले अध्यक्ष ओली नरम भएपनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भने त्यति नरम नदेखिएको र राष्ट्रपतिमा एकै व्यक्ति डोहराउँन नहुँने पक्षमा अडिग रहेको बताइन्छ ।

यद्यपी माओवादी केन्द्र र एमलेवीच निर्वाचन अगाडिनै पार्टीगत विना अवरोध एकता भयो भने यस विषयमा खासै माथापच्छि नहोला तर एकता लागि कुरामात्र भइरह्यो भने राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन वाम गठबन्धको लागि नयाँ विवादास्पद अध्याय हुने विषयमा कुनै शंका छैन ।
त्यसोत   माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आफुप्रतिको अनिच्छालाइ इच्छामा परिवर्तन गराउन राष्ट्रपति भण्डारीले राष्ट्रपति निवासमा आमन्त्रण गर्दै प्रचण्ड परिवारलाई डिनर दिएकी छिन् । त्यस अवसरमा  पनि राष्ट्रपतिभण्डारीले आफ्नो मनोइच्छा जाहेर गरेको समाचार स्रोतको दावी रहेको छ ।  राष्ट्रपति निवासमा प्रचण्ड परिवारलाई दिइएको डिनरमा पत्नी सीता, माहिली छोरी रेणु दाहाल र उनका पति अर्जुन पाठक, बुहारी बीना मगर र स्व प्रकाश दाहालका दुबै छोरा प्रसिद्ध र प्रणब लगायतको सहभागीता रहेको थियो ।

 त्यस्तै अध्यक्ष ओली नजिकका नेताहरू भित्री रुपमा भण्डारीलाई नै दोहोर्याउनुपर्नेमा बढी नै सक्रिय हुँदै गर्दा एमालेवृतबाटै नेता झलनाथ खनाल र सुवासचन्द्र नेम्वाङका समूह पनि आफ्नो पल्ला भारी बनाउँन कम्मर कसेर लागेको बताइन्छ । वाम गठबन्धनको संघीय र प्रदेशमा बहुमत भएका कारणनै राष्ट्रपति चयनका लागि हुने निर्वाचनमा नेताहरुको दौडधुप बढेको हो । त्यस्तै  माओवादी केन्द्र भने उपराष्ट्रपतिमा अहिलेका उपराष्ट्रपति नन्द बहादुर पुन जनजाति भएकोले उनलाई नै दोहोर्याउनु पर्नेपक्षमा रहेको बताइन्छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।