शुक्रबार, चैत्र १६, २०८०

मिसेस ब्यूटी क्वीनको उपाधी सुदिक्षालाइ

काठमाडौं पुस २०, सिजन मिडियाले पहिलो पटक विवाहित  महिलालाई लक्षित गरि आयोजना गरेको लेट मि इन मिसेस ब्यूटी क्वीन नेपालको शिर्ष उपाधी २५ जना प्रतियोगिलाई पछि पार्दै काठमाडौँ बूढानीलकण्ठकी सुदिक्षा आचार्य भट्टराईले जितेकी छिन । राजधानीको राष्ट्रिय नाचघर जमलमा सम्पन्न उक्त प्रतियोगीको शिर्ष उपाधीजितेसंगै सुदिक्षाले टिभिएस जुपीटर स्कुटर, लेटमिइनको तर्फवाट एक लाख ५० हजार बराबरको उपहार, कस्मेडको तर्फवाट ५० हजारको गिफ्ट भौचर साथै इजी ट्रिप ट्राभलको तर्फवाट ४ दिन मलेसियाका भ्रमणको अवसर प्राप्त गरेकी

छिन ।
त्यसैगरी, दोस्रो हुन सफल जनकपुरकी दिपीका राईले लाभा स्माट मोवाइल फोन ,एक लाख बराबरको उपहार, चार दिनको मलेसिया भ्रमण भने तेस्रो हुने विष्णु माया पौडेलले पनि चार दिनको मलेसिया भ्रमण, लेट मि इनको तर्फवाट ५० हजारको उपहार र लाभाको मोबाइल प्राप्त गरिन् भने मिस व्यूटीफुल आइजको अवार्ड पनि हात पारीन । त्यस्तै कल्पना वराल खतिवडाले थर्ड रनर अप तथा मिस पपुलर अवार्डका समेत विजेता बने भने कृष्टी कार्कीले फोर्थ रनरअप भइन ।  त्यस्तै अन्य विभिन्न सव टाइटल अन्तरगत अर्गनाइजर च्वाइस इश्वरी श्रेष्ठ तामाङ,ट्यालेन्ट अवार्ड कविता राजवंसी शाह,पर्सनालीटी अवार्ड सिर्जना श्रेष्ठ,फोटोजेनीक अवार्ड ज्योती वस्नेत,वेष्ट हेयर कविता ओझा सिग्देल,वेष्ट फिगर मिना राई,वेष्ट वाक सफला ताम्राकार,वेष्ट डे«स मिना खनाल, वेष्ट स्माइल कनक चतुरवेदी,वेष्ट फेन्डसीप अम्वीका थापा,भिर्योस च्वाइस राधिका थापा श्रेष्ठ,वेष्ट स्कीन शान्ति लिम्वु र वेष्ट डिसिपीलीन सुजना लामाले जित्नु भएको थियो ।

दश वर्षदेखि निरन्तर रुपमा विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको यस संस्थाले यसपटक २१ वर्षदेखि ४५ वर्ष उमेर समूहका विवाहित महिलाको सौन्दर्य प्रतियोगिताको कार्यक्रम आयोजना गरेको थियो । प्रतियोगितामा देशभरीबाट २६ प्रतियोगी सहभागी भएका थिए ।  कार्यक्रममा आयोजक संस्थाका प्रमुख प्रदीपराज वन्तले महिलाहरुको क्षमता विकासको लागि निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे । यस कार्यक्रमको छनोट समितिमा राष्ट्रिय समाचार समितिका प्रमुख समाचारदाता सुर्यचन्द्र बस्नेत, पूर्वमिस नेपाल उषा खड्की, सौन्दर्यकर्मी कल्पना श्रेष्ठ तथा नेपाल प्रहरी विद्यालयका प्रधानाध्यापक नवीनमान श्रेष्ठलगायत थिए

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।