शुक्रबार, चैत्र १६, २०८०

मन्त्रिपरिषदको बैठक: छिन्ताङ काण्डमा मृत्यु भएका १६ जनालाइ सहिद घोषणा

  •  नेपाली सेनाका उपरथी गौरव तन्डुललाई रथीमा बढुवा गर्दै तन्दुललाइ यूएन फोर्स कमाण्डरमा प्रतिस्पर्धा गर्न स्वीकृति 
  •  बैशाख १ देखि राष्ट्रिय आर्थिक गणनाको सूची आदेश जारी गर्ने निर्णय
  •  प्राविधिक महासेनानी गेहेन्द्रलाल महर्जनलाई प्राविधिक सहायक रथीमा पदोन्नती
  •  विश्व बैंकले प्रदान गर्ने ८ अर्ब हारहारीको ऋण स्वीकृत गर्ने निर्णय

काठमाडौं पुस २८,  आज बसेको बैठकले छिन्ताङ काण्डमा मारिएका १६ जनालाई सहिद घोषणा गरेको छ । २०३६ साल कात्तिक २७ गते मुलुकमा तत्कालिन शासन व्यवस्था परिवर्तनको लागि जुटेका स्थानीयमाथि तत्कालीन राज्व्य पक्षले गोली चलाउँदा १६ जनाको मृत्यु भएको घटना छिन्ताङ काण्डको नामले परिचित छ ।

यस्तै आजको मन्त्रिपरिषद् बैठकले नेपाली सेनाका उपरथी गौरव तन्डुललाई रथीमा बढुवा गर्दै तन्दुललाइ यूएन फोर्स कमाण्डरमा प्रतिस्पर्धा गर्न स्वीकृति दिएको छ भने बैशाख १ देखि राष्ट्रिय आर्थिक गणनाको सूची आदेश जारी गर्ने निर्णय गरेको छ । लाईस्टक सेन्टर इनोभेशन आयोजनाका लागि विश्व बैंकले प्रदान गर्ने ८ अर्ब हारहारीको ऋण स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै आजको बैठकले प्राविधिक महासेनानी गेहेन्द्रलाल महर्जनलाई प्राविधिक सहायक रथीमा पदोन्नती र पदस्थापन गर्ने निर्णय पनि गरिएको छ । महेन्द्रनाथ उपाध्यायलाई नेपाल न्याय सेवाको विशिष्ठ श्रेणीमा बढुवा गर्दै पदस्थापन गरिएको छ भने पुनरावेदन समितिको अध्यक्षमा हेमराज पन्तलाई नियुक्त गरिएको छ ।    त्यस्तै आजको बैठकले प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने निर्णय सवालमा छलफल गरेपछि कुनै निगित निर्णग नभएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिनु भएको छ । ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।