बिहिबार, बैशाख १३, २०८१

भ्रष्टाचारको अभियोगमा प्रअ गौतमविरुद्ध मुद्दा दायर

 काठमाडौ माघ ११,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ३ लाख २२ हजार बराबरको भ्रष्टाचार गरेको अभियोगमा महेन्द्र आधारभूत विद्यालयका तत्कालीन प्रअ विनोदकुमार गौतमविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।

आयोगद्दारा जारी विज्ञप्तिमा प्रअ गौतमले विद्यालयको भवन, शौचालय निर्माणमा अनियमितता गरेको, छात्रवृत्तिका लागि प्राप्त भएको रकम विद्यार्थीलाई वितरण गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान गर्दा निजले अनियमितता गरेको पाइएको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।