शनिबार, बैशाख ८, २०८१

भूमिसुधार कार्यालयका नासु गौतमविरुद्ध मुद्धा दायर

 काठमाडौ पुस २५ , सेवाग्राहीसँग रु ६ हजार घुस लिँदालिँदै केही दिन पहिले पक्राउ परेका भूमिसुधार कार्यालय भक्तपुरका नायब सुब्बा राजु गौतमविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगद्दारा जारी विज्ञप्तिमा नायब सुब्बा गौतमले जग्गाधनी प्रमाणपुर्जाको मोहीको नाम लगत कट्टा गर्ने क्रममा निजले घुस मागेको  भन्ने सूचनाको आधारम आयोगको टंगाल टोली पक्राउ गरको  र निज विरुद्ध आज दायर मुद्धामा जरिवाना र कैद सजाय मागदावी गरिएको जनाएको छ ।

यसैवीच नेपाल राष्ट्रिय माद्यमिक विद्यालय, गोडियाना, बर्दियामा कार्यरत गणित शिक्षक चन्द्रविन सिंहले नक्कली एवम् झुठ्ठा अनुभवको प्रमाणपत्र पेश गरी शिक्षक पदमा स्थायी नियुक्ति लिएको अनुसन्धानबाट देखिन आएको जनाउँदै निज विरुद्ध पनि आजै हुँदै विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरिएको जनाएको छ

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।