बिहिबार, बैशाख १३, २०८१

भक्तपुरलाइ प्रदेश न ३ को राजधानी बनाउँन नहुनेमा अध्यक्ष बिजुक्छेंको जोड

मैयादेवी शिल्पकार स्मृति पत्रकारिता पुरस्कारबाट  सम्मानित

 भक्तपुर पुस २३,  नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको २१  औं  स्थापना दिवस तथा स्वर्गीय मैयादेवी शिल्पकार स्मृति  पुरस्कार २०७४ वितरण कार्यक्रमलाइ सम्बोधन गर्दै नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ३ नं. प्रदेश राजधानी भक्तपुरमा बनाउन नहुने बताउनु भएको छ ।

त्यस्तै अध्यक्ष बिजुक्छेंले भक्तपुर केन्द्रीय राजधानी नजिक हुनुका साथै सम्पूर्ण सुविधा उपलब्ध भएको बताउँदै भक्तपुर भन्दा बाहिर जिल्लामा प्रदेश राजधानी बनाउनु उपयुक्त हुने बताउँदै  बाम गठबन्धन भित्र बढ्दो राजनीतक स्वार्थका कारण गठबन्धको दिर्घकालीन स्वरुप देख्न नसकेको र यसलाई टुटाउन समेत बाह्रय शक्ति लगिपरेको जनाउ दिनु भएको छ ।

 त्यस्तै कार्यक्रममा अध्यक्ष बिजुक्छेंले नगद २ हजार  र सम्मानपत्रको स्व मैयादेवी  शिल्पकार स्मृति पत्रकारिता पुरस्कारबाट रफत सञ्चार क्लबका अध्यक्ष शुशिलबन्धु थापालाई सम्मान गर्नु भएको थियो ।  कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलिप थापा मगर नेपाल पत्रकार महासंघ भक्तपुरका संस्थापक सदस्य एवं ‘मजदूर दैनिक’का सम्पादक सरोजराज गोसार्इं, क्रियाशील पत्रकार मञ्च भक्तपुरका अध्यक्ष रमेश गिरी, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य सोम शर्मा बजगाईं, चौतारी भक्तपुरका उपाध्यक्ष रामचन्द्र प्रजापति, प्रेस युनियन भक्तपुरका उपाध्यक्ष रोशन शिल्पकार लगायतले बोल्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।