शुक्रबार, बैशाख १४, २०८१

भक्तपुरको औद्योगिक क्षेत्र धरासायी बन्दै

भक्तपुर पुस ३०,  तिब्र शहरी विकाससँगै भक्तपुरका उद्योगधन्दा एक पछि अर्को गर्दै धरासायी बन्दै गइरहेको उद्योगी ब्यवसायीहरुले बताएका छन् ।   रफत सञ्चार क्ल्बमा आज आयोजित कार्यक्रममा उद्योग बाणिज्य संघ भक्तपुरका अध्यक्ष केपी अवालले उद्योगको बिस्तार र ब्यवसायको पाटो पहिचान गरि शहर बिस्तार गर्न नसक्दा उद्योग ब्यवसाय धरासायी बन्दै गएको बताउनु भएको हो ।  उहाँले भक्तपुरको समग्र औद्योगिक विकासका लागि उद्योग बाणिज्य संघले सकारात्मक भूमिका खेल्दै गर्दा पनि सरकार र स्थानीय सरकाले लगानीमैत्री वातारण निमार्ण गर्न र सामान्य पूर्वाधारको तयार गर्न नसक्नुनै भक्तपुरको उद्योग फष्टाउन नसकेको उहाँको भनाइ रहेको थियो ।

 कार्यक्रममा संघका महासचिव शिव मानन्धरले भक्तपुरको औद्योगिक र पर्यटकीय विकासका लागी सरकार समेत उदासिन रहेको बताउँदै स्थानीय उद्योग व्यवसायलाई उपभोक्तामैत्री बनाउने अभियानमा संघ सक्रिय भइरहेको जनाउ सहित औद्योगिक विकासका लागी थप औद्योगिक क्षेत्रको स्थापना गरिनुपर्ने जोड दिनु भएको थियो ।

त्यस्तै कार्यक्रमा उद्योगी ब्यवसायी तथा नव उद्योग बाणिज्य महासंघ भक्तपुरका अध्यक्ष राम प्रसाद प्रजातपतिले केन्द्रीय तथा स्थानीय सरकारले भक्तपुरमा औद्योगिक विकासका लागी पहल गर्ने हो भने यहाँ बिभिन्न बिद्याको उपयुक्त उद्योग सहज रुपमा फस्टाउन सक्ने जिकिर गर्नु भएको उक्त कार्यक्रममा   भक्तपुरका बिभिन्न उद्योगी ब्यवसायीहरुले भक्तपुरको साना तथा घरेलु उद्योगका साथै अन्य सम्भावित उत्पादनको पहिचान गरि उद्योगका रुपमा बिसका गर्न सके भक्तपुरको समग्र बिसका गर्न सकिने बताएका थिए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।