बिहिबार, बैशाख ६, २०८१

बयानको क्रममा प्राडा केसी भने- लडाइँ न्यायलयविरुद्ध नभइ गलत निर्णय दिने न्यायाधीशविरुद्ध हो

  •  बुधबार बिहान १० बजे अदालतमा उपस्थिति गराइने

  •  डा केसीको रक्तचाप घटेका कारण स्वास्थ्य अवस्थामा समस्या

  •  उपचारको लागि अस्पताल लगियो

काठमाडौ पुस २५,  प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग्दै आमरण अनशनमा बसेका डा। गोविन्द केसीलाई प्रहरीले सोमवार राती राति ८ बजेपछि महराजगन्जस्थित शिक्षण अस्पतालको अनशनस्थल बाटै पक्राउ गरि आज विहान अदालतमा उपस्थित गराईएका प्राडा गोविन्द केसीलाई निजको स्वास्थ्य स्थितिलाई विचार गरी अनुकूल हुने गरी सुविधाजनकरुपमा राख्न आदेश दिएको छ ।

अदालतको अवहेलनासम्बन्धी मुद्दामा आज भएको बयानको क्रममा अदालतमा उपस्थित हुनुभएका डा केसीले बयान लिने क्रममा आफ्नो लडाइँ न्यायलयविरुद्ध नभइ गलत निर्णय दिने न्यायाधीशविरुद्ध भएको भन्दै उहाँले अदालतले चिकित्सा क्षेत्रमा दिएको आदेशले माफियालाई थप सहयोग पुगको जिकिर गर्नु भएको छ । आज डा केसीको वयान लिने काम मात्र भएको बशसका लागि बुधबार बिहान १० बजे अदालतमा उपस्थिति गराउन आदेश दिएको हो ।  यसैवीच अदालतमा वयान पछि एकाएक स्वास्थ्यमा समस्या देखिएपछि प्रहरीले डा. गोविन्द केसीको स्वास्थ्य उपचारका लागि वीर अस्पताल लगेको छ ।   डा केसीको रक्तचाप घटेका कारण उहाँलाई अस्पताल लगिएको बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।