बुधबार, बैशाख १२, २०८१

प्रमको सरकारी निवास  बालुवाटारमा सर्वदलीयबैठक सुरु , एमाले अध्यक्ष ओली अनुपस्थित, सहमति वा निष्कर्ष निस्किनेमा आशंका

 भक्तपुर पुस २० , प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागि नहुने भएका छन् । अध्यक्ष ओली केही दिनयता देखि  निवासमा  अस्वस्थताका कारण  आराम गर्दै गरेका कारण आजको बैठकमा सहभागि हुन नसक्ने भएको एमाले सम्वद्ध स्रोतले जनाएको छ ।  त्यस्तै एमालेको तर्फबाट    नेता भीम रावल  सुवास नेम्वाङ, अग्नी खरेल र विष्णु पौडेल सहभागि हुने  भएपनि   स्वयम  एमाले अध्यक्ष ओली सहभागि नहुने भएपछि बैठमले  सहमति वा निष्कर्षको पहिचान गर्ने पक्ष आफैमा    शंकाको घेरामा परेको  छ ।

  यद्यपी   प्रधानमन्त्री देउवाले प्रदेश प्रमुख नियुक्ति र प्रदेशको अस्थायी राजधानी तोक्ने विषयमा सहमति खोज्न बिहान ९ बजे  प्रमको सरकारी निवास  बालुवाटारमा   संसदमा   प्रतिनिधित्व गर्ने ५ दलको सर्वदलीय  बोलाइएको हो ।  आजको बैठकमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी राजपा र संघीय समाजवादी फोरम नेपालका शीर्ष नेता सहभागी हुँने र बैठकबाट सहमति बने लगत्तै  बस्ने मन्त्रिपरिषद् बैठकबाट राष्ट्रियसभाको निर्वाचन मिति तोक्नेसहित प्रदेश प्रमुख नियुक्ति र प्रदेशको अस्थायी राजधानी तोक्ने काम एकैसाथ गर्ने तयारीमा सरकार छ ।

निर्वाचनलगत्तै प्रदेश प्रमुख तोक्ने तयारीमा जुटेको सरकार वाम गठबन्धनका नेताहरूको विरोधपछि पछि हटेको थियो । एमाले र माओवादी केन्द्रका नेताहरूले जनादेशअनुसार नयाँ सरकारले प्रदेश प्रमुख तोक्ने भन्दै सरकारले ‘जबर्जस्त’गरे आफ्ना सांसदहरूले शपथ नलिने चेतावनी दिँदै आएका थिए । कानुनी रूपमै प्रदेश प्रमुख तोक्नुपर्ने बाध्यता आएपछि सरकारले सहमति प्रयास थालेको हो ।

   तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।