बुधबार, बैशाख १२, २०८१

प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच विशेष छलफल

काठमाडौ पुस १८,  प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र राष्ट्रियसभाको निर्वाचनलगायतका विषयमा आज विशेष छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको उक्त छलफलमा अध्यक्ष प्रचण्डले राष्ट्रियसभा निर्वाचनको मिति तत्काल तोक्न र प्रदेश प्रमुखको नियुक्ति राजनीतिक सहमतिका आधारमा मात्र गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण सहित आग्रह गनुृ भएको थियो ।

 अध्यक्ष प्रचण्डको यस्तो ध्यानाकर्षण सहितको आग्रह पछि प्रधानमन्त्री देउवाले छिट्टै राष्ट्रियसभाको निर्वाचन गर्न निर्वाचन आयोगसँग परामर्श गरिरहेको जानकारी जनाउ दिदै आफूले राजनीतिक सहमति विना कुनै पनि कदम नचाल्ने पक्षप्रति विश्वस्त हुँन माओवादी अध्यक्ष प्रचण्डलाइ जानकारी दिनु भएको थियो ।

 तपाईं फेसबुकयुट्युव मार्फत्  हामीसंग जोडिन सक्नुहुन्छ ।