बिहिबार, बैशाख १३, २०८१

प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधा ऐन, नेपाल सरकारको लागि व्ययभार

प्रदेश प्रमुख पदमा रहँदा वा सेवानिवृत्त भएपछि निज उपर कुनै अदालतमा मुद्दा चलाउन नपाउने व्यवस्था

 काठमाडौ माघ ४ , बुधवार बसेको मन्त्रीपरिषदको बैठकमार्फत सरकारले सात प्रदेशका प्रदेश प्रमुख अस्थायी राजधानी तोकेर जारी राजनैतिक गाँठो फुकाएका छन । यसवीचमा प्रदेश प्रमुख अस्थायी राजधानी तोक्ने सवालमा लामै वहस र छलफल भएपनि अन्तत सरकारले प्रदेश नम्बर १ को प्रमुखमा गोविन्द सुब्बा, प्रदेश नम्बर २ मा रत्नेश्वरलाल कायस्थ, प्रदेश नम्बर ३ मा अनुराधा कोइराला, प्रदेश नम्बर ४ मा बाबुराम कुँवर तथा प्रदेश नम्बर ५ मा उमाकान्त झा, प्रदेश नम्बर ६ मा दुर्गा खनाल र ७ मा मोहनराज मल्ललाइ प्रदेश प्रमुखको जिम्मेवारी दिन राष्ट्रपति समक्ष सिफारिस गरेका छन । 

संघीय गणतान्त्रिक मुलुक नेपालको ७ वटै प्रदेशमा प्रमुखतोके संगै २०७४’असोज २७ गते संसदले पारित गरेको पारिश्रमिकतथा सुविधा सम्बन्धी ऐन अनुसार नवनियुक्त प्रदेश प्रमुखहरुले निम्नाुसारको सेवा सुविधा सहित प्रदेश प्रमुखले आफ्नो पदीय हैसियतले सम्पादन गरेका कुनैपनि कामकारबाहीको विषयमा निज पदमा रहँदा वा सेवानिवृत्त भएपछि निज उपर कुनै अदालतमा मुद्दा चलाउन नपाउने व्यवस्था पनि ऐनमा गरिएको छ।   त्यस्तै प्रदेश प्रमुखले स्वेदशमा उपचार गराउँदा वा मेडिकल बोर्डको सिफारिशमा विदेशमा उपचार गराउँदाको उपचार खर्च नेपाल सरकारले व्यहोर्ने भएको छ। विरामी कुरुवाको मनासिब खर्च पनि नेपाल सरकारले उपलब्ध गराउने व्यवस्था गरिएको छ। प्रमुखलाई सवारीसाधनको व्यवस्था,  आवासको लागि टेलिफोन, कम्प्यूटर,इन्टरनेट, फ्याक्स, पत्रपत्रिका जस्ता सञ्चार सुविधा सवारी साधनकालागि आवश्यक पर्ने इन्धन, मोबिल तथा मर्मत सम्भारको व्यवस्था नेपालसरकारले गर्नु पर्ने व्यवस्थालाइ हेर्ने हो भने स्वाभाविक रुपमा  नेपाल सरकारको व्ययभार बढ्ने देखिन्छ ।

यस्तो  छ नव नियुक्त प्रदेश प्रमुखको सेवा सुविधा 

१ पारिश्रमिक प्रति महिना रु  ६४,०००।–

२ पोशाक सुविधा प्रति वर्ष रु  १८,०००।–

३ अतिथि सत्कार तथा भैपरी खर्च प्रति महिना रु ४०,०००।–

४ स्वदेशमा भ्रमण गर्दा पाउने दैनिक भत्ता दर रु ३,००० ।–

५ .  विदेशमा भ्रमण गर्दा पाउने दैनिक भत्ता दर २५०( अमेरिकी डलर)

६ बीमा रु १५,००,००० प्रदेश प्रमुखलाई सरकारी कामको सिलसिलामा स्वदेश तथा विदेशको भ्रमण गर्दा यो बीमा सुविधा प्राप्त हुनेछ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।