शनिबार, बैशाख ८, २०८१

प्रचण्ड र ओलीवीच खुमलटारको वार्ता निर्णायक बन्न सकेनन

 काठमाडौ माघ १४,  एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच पार्टी एकीकरण र वाम सरकार गठनका विषयमाआज  प्रचण्ड निवास खुमलटारमा भएको वार्तालाइ निर्णायक भनिएपनि  वार्ता आफैमा निर्णायक बन्न सकेनन ।

आज बिहान ११ बजे वार्ता गर्न एमाले अध्यक्ष ओली माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निवास खुमलटार पुगेका थिए । तर ओली र प्रचण्डबीचको वार्ता हुँदै गर्दा  पार्टी एकता प्रक्रियाका विषयमा छलफल गर्न आजै बसेको र्दुइदलीय कार्यदलको वार्तामा प्रदेश सरकार निर्माण र पद बाँडफाँटको सवालमा सहमति बन्न नसकेपछि उहाँहरुवीचको वार्ता वार्तामानै सिमित भएको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।