शुक्रबार, बैशाख ७, २०८१

 प्रचण्डसँग लिखित सहमति भएको भन्ने कुरा हल्ला मात्रै : डा खड्का

 वर्तमान सरकार काम चलाउ नभइ बैधानिक सरकार भएको जनाउ

भक्तपुर पुस २०, नेपाली काँग्रेसका केन्द्रीय सदस्य नारायण खड्काले नयाँ सरकार गठनका लागी सत्ता हस्तान्तरणमा काँग्रेसले नभई कानुनी अड्चनले ढिलाई गरेको बताउँनु भएको छ ।   रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दैै नेता खड्काले राष्ट्रिय सभाको निर्वाचन नगरी सत्ता हस्तान्तरणमा कानुनी समस्या रहेको र राष्ट्रिय सभाको निर्वाचन नभएसम्मका लागी अहिलेको सरकार नै मान्य हुने हुँदा यो सरकारलाई कामचलाउ भन्न नमिल्ने दाबी गर्नुभएको छ ।

साथै राष्ट्रिय सभाको निर्वाचनपछि जनादेश अनुसार नयाँ सरकारका लागी सत्ता हस्तान्तरण गर्दै काँग्रेस प्रतिपक्षको भूमिकामा रहन तयार रहेको नेता खड्काले बताउनु भएको छ ।   काँग्रेसले नयाँ सरकार गठनका लागी कोही कससँग पनि लिखित रुपमा सहमति र सम्झौता नगरेको स्पष्ट पार्दै प्रचण्डसँग लिखित सहमति भएको भन्ने कुरा हल्ला मात्रै भएको उहाँले बताउनुभयो ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु