बिहिबार, चैत्र १५, २०८०

पूर्व सभासदको अगुवाइमा गृहणी महिलालाइ कम्पोष्ट मल बनाउने तालिम

काठमाडौं पुस २८, काठमाडौं निर्वाचन क्षेत्र न. ८ अन्र्तगतका विभिन्न वडा समितिका गृहणीका लागि राजधानीमा एक दिने घरेलु फोहोर व्यवस्थापन तथा कम्पोष्ट मल बनाउने तालिम दिईएको छ । काठमाडौं क्षेत्र न. ८ का पूर्व सभासद समेत रहेकी राज्यलक्ष्मी श्रेष्ठले फोहर व्यवस्थापन सहकारी संस्थाको सहकार्यमा दिईएको उक्त तालिमा कामपा वडा न. १९, २०, १३, १५ र २४ का गृहणी महिलाहरुको सहभागीता रहेको छ ।

तालिमको आवश्यकता र औचित्य प्रष्टयाउँदै पूर्व सभासद श्रेष्ठले हामीसंगको भेटमा घर-घरमा दैनिक उत्पादन हुने जैविक र अजैविक फोहरको पहिचान गर्दै फोहरलाइ मोहरमा रुपान्तरण गर्न सकिन्छ भन्ने सचेतना जागृत गर्नुका अलावा फोहर व्यवस्थापन समेत सघाउ पुग्ने भएकोले आफुले यस किसिमको पहल कदमी लिएको जानकारी दिनु भएको छ ।

त्यस्तै उहाँले आगामी दिनमा प्रशिक्षणमा सहभागी गृहणी महिला लगायत नव गठित महिला समूहलाइ सरोकारवाला निकायसंग समन्वय गर्दै कम्पोष्ट विन उपलब्ध गराउँनुको अलावा सामुहिक रुपमा मल उत्पादन गर्न लगाइ व्यवसायिक रुपमा विक्रीवितरणको समेत लक्ष्य निर्धारण गरेको जनाउ दिनु भएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।