शुक्रबार, बैशाख ७, २०८१

पूर्वमन्त्री ढकाल र माल्दिप्सकी शिक्षा मन्त्री डा. शीहमवीच शिष्टाचार भेटवार्ता,

 दुइ देशको आपसी हित र शैक्षिक गतिविधिको सवालमा विशेष परामर्श

काठमाडौं पुस २०, ३ दिने माल्दिप्स भ्रमणमा रहनु भएका नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले माल्दिप्सकि शिक्षा मन्त्री डा।ऐशाथ शीहमसंग आज शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।

माल्दिप्सको शिक्षा मन्त्रालयमा भएको उक्त शिष्टाचार भेटवार्ताको क्रममा उहाहरुवीच दुइ देशको आपसी हित र शैक्षिक गतिविधिको बारेमा विशेष छलफल भएको बताईएको छ ।

त्यस्तै त्यसअवसरमा पूर्वमन्त्री ढकालले नेपालमा भर्खरै सम्पन्न निर्बाचन र ताजा जनादेशको बारेमा जानकारी दिदैगर्दा शिक्षा मन्त्री शीहमले नेपालले शिक्षा क्षेत्रमा गरेको प्रगतिको साथै निर्वाचनको क्रममा वाम प्रगीशील गठबन्धनले निर्बाचनमा प्राप्त गरेको सफलताको लागि बधाई दिनु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।