बुधबार, बैशाख १२, २०८१

पार्टी एकता संयोजन समितिको बैठक : पार्टी एकताका लागि कार्यदल गठन गर्ने विषयमा ठोस प्रगति हुन सकेन

  • राष्ट्रिय सभाका निर्वाचनमा पनि ६० / ४०को अवधारणा कायम राख्ने सहमति

  • प्रदेश सरकार गठनको गृहकार्य गर्न कार्यदल गठन

  • पार्टी एकताको सवालमा भने अर्को बैठकले  निर्णग गर्ने गरि बैठक समापन

काठमाडौ पुस २५,  नेकपा एमाले र नेकपा माओवादी केन्द्रवीचको पार्टी एकताको नितिगत निर्णय गर्नका लागि एमाले अध्यक्ष केपी ओलीको भक्तपुर बालकोट स्थित निवासमा बसेको पार्टी एकता संयोजन समितिको बैठकमा पार्टी एकताका लागि कार्यदल गठन गर्ने विषयमा लामो समय छलफल भएपनि ठोस प्रगति हुन नसकेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

यद्यपी आजबो बैठकले प्रतिनिधि सभा निर्वाचन कायम भएको वाम गठबन्धनलाइ निरन्तरता दिदै ६०/ ४० रणनितीमा आसन्न राष्ट्रिय सभाका निर्वाचनमा सहभागी हुने नितिगत सहमति बनाउँदै प्रदेशसभा र प्रदेश सरकार गठनको गृहकार्य गर्न दुइ दलबाट ३/ ३ सदस्य रहने गरि कार्यदल भने गठन गरेको छ । गठित कार्यदलमा एमालेबाट सुवास नेम्वाङ, शंकर पोखरेल र सुरेन्द्र पाण्डे छन् भने माओवादीबाट रामबहादुर थापा बादल, वर्षमान पुन र मातृका यादव रहने भएको छ । ।

त्यस्तै बुधवार एमाले अध्यक्ष ओली उपचारको लागि बैंकक जाने भएकोले एक सातापछि पूनः बैठक बसेर बाँकी सबै कुरा टुँगो लगाउनेपनि
सहमति भएको बैठकमा सहभागी नेतालाइ उदृत गर्दै हाम्रा सहकर्मी कार्यदललाइ प्रदेश सरकारको मुख्यमन्त्री देखि सरकारमा रहने मन्त्रीसम्मको भागवण्डा मिलाउने कार्यादेश दिईएको र पार्टी एकताको सवालमा भने अर्को बैठकलेले निर्णग गर्ने गरि बैठक समापन गरिएको जानारी दिएका छन ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।