शनिबार, बैशाख ८, २०८१

पार्टी एकता र सरकार निर्माणको काम सँगसँगै : माओवादी बैठक

  •  पार्टीभित्र भएको अन्तर्घातका विषयमा छानबिन गर्न नेता अमिक शेरचनको नेतृत्वमा छानबिन समिति र नेता तथा कार्यकर्ताको संगठनात्मक व्यवस्थापन गर्न नेता रामबहादुर थापाको नेतृत्वमा  कार्यदल गठन

काठमाडौं पुस १८ नेकपा माओवादी केन्द्रको आज बसेको बैठकले पार्टी एकता र सरकार निर्माणको काम सँगसँगै अगाडि बढाउनुपर्ने निष्कर्ष निकालेको छ ।  मंगलबार पार्टी अध्यक्ष प्रभण्डको खुमलटारस्थित निवासमा बसेको केन्द्रीय बैठकले निर्वाचनअघि नै पार्टी एकीकरणका लागि छलफल भइसकेकाले पार्टी एकीकरण र सरकार गठन प्रक्रिया सँगसँगै अगाडि बढ्नुपर्ने निष्कर्ष निकालेको हो ।

त्यस्तै बैठकले सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा कतिपय स्थानमा पार्टीभित्र भएको अन्तर्घातका विषयमा छानबिन गर्न नेता अमिक शेरचनको नेतृत्वमा छानबिन समिति र नेता तथा कार्यकर्ताको संगठनात्मक व्यवस्थापन गर्न नेता रामबहादुर थापाको नेतृत्वमा एक कार्यदल गठन गरेको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिनु भएको छ ।

साथै बैठकमा थप अन्य समसामयिक राजनीतिक घटनाक्रम, राष्ट्रियसभा निर्वाचन, सरकार गठनलगायतका विषयमा पनि छलफल भएको प्रवक्ता पम्फा भुसालले जानकारी दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।