शुक्रबार, चैत्र १६, २०८०

पार्टी एकतापछि एमालेले आफुलाइ अध्यक्ष स्वीकार गर्ने प्रचण्डको बिफ्रिङ् ,पार्टी एकता कुनैपनि हालतमा गरेरै छोड्ने ओलीको दृृदता

 पार्टीको संगठनात्मक मार्गचित्र बनाउन शिर्ष नेतृत्व सहित ५ ५ सदस्यीय कार्यदल बनाइने
मंगलबार बस्ने एकता संयोजन समितिको बैठकले थप निर्णय गर्ने

काठमाडौ पुस २४, एमाले र माओवादी केन्द्रवीचको पार्टी एकता प्रक्रियाको लागि मंगलबार बस्ने एकता संयोजन समिति बैठकको पूर्व तयारी अर्थात एकताको सवालमा संगठनात्मक स्वरुप बनाउनको लागि आज भएको माओवादी केन्द्रको आन्तरिक छलफलमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आइतवार एमाले अध्यक्ष ओलीसँग भएको भेटवार्ताबारे बिफ्रिङ् गर्दै पार्टी एकताको लागि  एमाले  अध्यक्ष  ओली  आफूलाई अध्यक्ष स्विकार गर्न सकारात्मक रहेको बताउँनु भएको छ ।

त्यस्तै अध्यक्ष प्रचण्डले ओलीसंगको भेटपछिनै आजको बैठक वोलाईएको जानकारी दिदै पार्टीगत आन्तरिक छलफलपछि मंगलबार बस्ने पार्टी एकता संयोजन समिति बैठक बसेर कार्यदल बनाई प्रक्रिया अगाडि बढाउने निर्णय भएको र कार्यदलले प्रस्ताव गरेअनुरुप पार्टीको संगठनात्मक मार्गचित्र अनुरुप अगाडि बढ्ने निर्णय गरेको छ ।

त्यस्तै आजै  एमाले अध्यक्ष केपी ओलीको वालकोटस्थित निवासमा बसेको स्थायी कमिर्टीबैठकले पार्टी एकता, सरकार गठन र अन्य समसामयिक बिषयमा छलफल गर्दै पार्टी अध्यक्ष ओलीले पनि आइतवार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसंग भएको भेटवार्ताको  ब्रिफिङ’ र कार्यदल गठनको सवालमा जानकारी गराउदै माओवादीसँगको पार्टी एकता अब कसैले पनि रोक्न नसक्ने बताउँनु भएको बुझिएको छ ।   त्यस्तै पार्टीको राजनीतिक र वैचारिक नीति बनाउनको दुवै पार्टीका शीर्षस्थ नेता सहित दुवै पार्टीबाट पाँच/पाँच जना सदस्य रहनेगरि कार्यदल बनाउने निर्णय गरको बुझिएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।