बुधबार, बैशाख १२, २०८१

पाँच बुँदे सहमति पछि डा केसीले आफ्नो छ दिनदेखि आमरण अनशन आज तोड्दै

काठमाडौं पुस २९, प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामाको माग गर्दै गत सोमवारदेखि अनशनरत डा. गोविन्द केसीले शुक्रवार अबेर स्वास्थ्यमन्त्री दीपक बोहरासँग भएको सहमति अनुरुप अनशन तोड्ने सहमति जनाएका छन्।

गएराती मन्त्री बोहोरा र डा केसीवीच भएको वार्ता र पाँच बुँदे सहमति क्रमस चिकित्सा शिक्षा अध्यादेशको दफा ५ बमोजिमको चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन दफा २३ बमोजिम सात दिनभित्र सिफारिस समिति गठन गर्ने, चिकित्सा शास्त्र अध्ययन संस्थाको डिनमा   डा. जगदिशप्रसाद अग्रवाललाई नै निरन्तरता दिने, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आइओएम को खोसिएको अधिकार फिर्ता गर्ने सम्झौता कार्यान्वयन गर्न त्रिभुवन विश्वविद्यालयका कुलपतिले यथाशीघ्र र यथोचित कदम लिने सहमतिपत्रमा हस्ताक्षर गर्दै अनशन तोड्ने सहमति जनाएका हो ।

तर डा. केसीले माग गरेको प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा र अदालतमा विचाराधीन केसीविरुद्धको मानहानीसम्बन्धी मुद्दाबारे भने सहमतिमा कुनै उल्लेख गरिएको छैन ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।