शुक्रबार, चैत्र १६, २०८०

पत्रकार पकुवाललाई कन्काई विकास बैंकको सहयोग

दमक पुस १९,  दुवै मिर्गौला बिग्रिएर उपचार गराई रहनुभएकी भद्रपुरबाट प्रकाशन हुने बरुण साप्ताहिकका सम्पादक माया पकुवाललाई दमकमा मुख्य कार्यालय रहेको कन्काई विकास बैंकले सहयोग गरेको छ । बैंकले बुधवार आफ्नै कार्यालयमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाशमान ब्रजाचार्यले पत्रकार पकुवालको उपचारका लागि  सामाजिक उत्तरदायित्व  वापत रु १५ हजार एक सहयोग  नेपाल पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष एवम् पत्रकार सहारा उपचार कोषका संयोजक एकराज गिरी मार्फत  हस्तान्तरण गर्नुभएको हो । साथै उहाँ आफैँले पनि बिरामी पत्रकार पकुवालको उपचारका लागि थप रु पाँच हजार सहयोग गर्नुभएको थियो ।

पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष एबम् पत्रकार साहारा उपचार कोषका संयोजक गिरीले सहयोगका लागि बैंक परिवारलाई धन्यवाद ज्ञापन गर्दै पत्रकारिताको कमाईबाट आफ्नो उपचार गर्न नसक्ने अवस्थामा पत्रकारहरु वाँच्नु परेको बताउँदै झापाका पत्रकारहरु घाइते हदाँ या अन्य जटिल समस्याले बिरामी हुदा सहयोग जुटाउन स्थापना गरिएको पत्रकार साहारा उपचार कोषलाई वैकको तर्फबाट कोष वृद्धि गरिदिन आग्रह गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत बज्राचार्य, नायव प्रमुख कार्यकारी अधिकृत रविन्द्र अर्याल, अप्रेसन प्रमुख भेषराज भुजेलले पत्रकार सहारा उपचारकोषमा बैंकले उल्लेख्य सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । पकुवाल हाल काठमाडौंस्थित मानव अगंप्रत्यारोपण केन्द्रमा उपचारत छिन् । पकुवाललाई मृगौला प्रत्यारोपण गर्न चिकित्सकले दिएको सल्लाह अनुसार यतिवेला सोहि प्रकृयामा जुटिरहेका छिन् ।

यसैबीच पत्रकार गोपाल झापालीले पनि पत्रकारको उपचारका लागि महासंघका उपाध्यक्ष गिरीलाई एक हजार रुपैयाँ प्रदान गरेका छन् ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।