बिहिबार, बैशाख ६, २०८१

धनकुटा र डोटीमा प्रदर्शकारी र प्रहरीवीच झडप ,दर्जर्नौ सरकारी कार्यालय तोडफोड,धनकुटामा अनिश्चितकालीन कफ्र्यु आदेश

दाङको  स्थिती पनि तनाव ग्रस्त  

काठमाडौं  माघ ४, धनकुटालाई अस्थायी प्रादेशिक राजधानी नबनाइएको भन्दै आक्रोशित भीडले दर्जर्नौ सरकारी कार्यालयमा तोडफोड गरेपछि स्थानीय प्रशासनले यहाँ अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको छ ।  प्रादेशिक आन्दोलन संघर्ष समितिको अगुवाइमा भएको आन्दोलनको क्रममा प्रहरी दमन भएपछि प्रदर्शनकारी थप आन्दोलित भएको र त्यस क्रममा स्थानीय सरकारी कार्यालय तोड फोड सहित आगजनीका घटना भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ । त्यस्तै समाचारमा आन्दोलनकारीको प्रदर्शनलाइ नियन्त्रणमा लिन स्थानीय प्रशासनले ११ः४५ देखि अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको हो ।

प्राप्त समाचारमा उल्लेख गरिए अनुसार प्रदर्शनकारीले शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय तोडफोड गर्नुको अलावा जिल्ला मालपोत कार्यालय, जिल्ला हुलाक कार्यालय, सिँचाइ डिभिजन कार्यालय, जिल्ला सरकारी वकिलको कार्यालय, उच्च अदालत विराटनगर धनकुटा इजलासलगायत एक दर्जन कार्यालयमा तोडफोड गरेको जनाईएको छ ।

यसैवीच डाटीमा पनि आन्दोलन सुरु भएको भएको छ । ७ नम्बर प्रदेशको अस्थायी मुकाम धनगढी तोकिएपछि डोटीका स्थानीयले पनि रिकारले जनताको भावना माथि खेलवाड गरेको भन्दै जारी आन्दोलनलाइ तिव्र बनाएको समाचार प्राप्त भएको छ ।   प्रदर्शनकाक्रममा आन्दोलनकारी प्रहरी वीच भएको झडपमा प्रहरीले तितरबितर पार्न १३ सेल अश्रुग्यास प्रहार र लाठीचार्जसमेत गरेको छ । यस क्रममा दर्जनौ आन्दोलनकारी घाइते हुनुको अलावा प्रहरीपनि घाइते भएको समाचारमा उल्लेख गरिएके छ । त्यस्तै प्रदेश नम्बर ५ को अस्थायी राजधानी दाङलाई नतोकेको भन्दै सुरु भएको आन्दोलनका कारण त्यहाँको स्थिती पनि तनाव ग्रस्त रहेको हाम्रा सहकर्मीले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।