बिहिबार, बैशाख १३, २०८१

धनकुटा कांग्रेसका पदाधिकारीद्दारा संयुक्त राजीनामा(विज्ञप्ति सहित)

काठमाडौ माघ ७,  सरकारले प्रदेश नम्बर १ को राजधानी धनकुटालाई नतोकेकोमा असन्तुष्टि जनाउँदै धनकुटा कांग्रेस जिल्ला कार्यसमितिसहित सम्पूर्ण तहका पदाधिकारीले संयुक्त राजीनामा दिएका छन् ।

शनिवार साँझ पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्नै पार्टीको सरकार हुँदा पनि प्रदेशको राजधानी धनकुटालाई नतोकेको भन्दै धनकुटा कांग्रेसको कार्यसमितिले सामूहिक राजीनामा गरेको घोषणा गरेका हुन् ।     पत्रकार सम्मेलनलाइ सम्बोधन गर्दै सभापति अग्नीप्रसाद पौडेलले प्रयाप्त भौतिक पूर्वाधारका वाजुद पनि धनकुटालाई उपेक्षा गरिएको बताउँदै नेपाली कांग्रेससंग सम्बद्ध जिल्ला कार्य समिति, गाउँपालिका, नगरपालिका र जिल्ला तहका सवै पार्टी पदाधिकारीले सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।