शुक्रबार, चैत्र १६, २०८०

दुई लाख ३४ हजार घुस रकम सहित ना.सु. गौतम पक्राउ

  काठमाडौं पुस २८ , वैदेशिक रोजगार विभाग, श्रम कार्यालय ताहाचलका नासु नगेन्द्रप्रसाद गौतमलाई आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले घुससहित रङगेहात पक्राउ गरेका छन ।  आयोग टोलीले श्रम कार्यालय कतार शाखाका गौतमलाई सेवाग्राहीबाट घुसबापतको रु दुई लाख ३४ हजार लिइसकेको अवस्थामा गंगबुस्थित वीरेन्द्र–ऐश्वर्य मार्गमा रहेको लुम्बिनी फास्ट फुड रेष्टुराबाट पक्राउ गरेको  हो ।

आयोगद्दारा जारी विज्ञप्तिमा उल्लेखभएअनुसार श्रम स्वीकृति गराइदिने र विमानस्थलमा मिलाएर पठाइदिने भनी सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा उनलाई आयोगबाट खटिएको टोलीले नियन्त्रणमा लिएको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।