बिहिबार, चैत्र १५, २०८०

दुइ पार्टीवीच एकीकरणको अन्तिम कार्य परामर्श भइरहेको अध्यक्ष प्रचण्डको जनाउ

काठमाडौं पुस २०,  चितवन उद्योग संघको अधिवेशन र भरतपुर महानगरपालिकाको नगरपारिषद उद्घाटन गर्न चितवन पुग्नु भएका माओवादी अध्यक्ष प्रचण्डले आज प्रेस चौतारी चितवन र प्रेस सेन्टर चितवनले बिहीबार संयुक्तरुपमा भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नयाँ सरकार गठनअघि नै नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण हुने दावी गर्नु भएको छ ।

प्राप्त समाचारमा उल्लेख भएअनुसार अध्यक्ष प्रचण्डले जनादेश अनुसार नयाँ सरकार गठनको मार्ग प्रसस्त भइसकेको जनाउ दिदै अव दुइ पार्टीवीच एकीकरणको लागि अन्तिम कार्य परामर्श भइरहेको बताउँनु भएको छ ।

त्यस्तै उहाँले आज प्रमले आव्हान गर्नु भएको सर्वदलीय बैठकले राष्ट्रियसभा निर्वाचनको मिति, प्रदेशप्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्ने जिम्मा सरकारलाई नै दिएको बताउँदै   सरकारले बुद्धिमतापूर्वक प्रदेशप्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्नुपर्ने जिकिर गर्नु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।