मङ्लबार, बैशाख ११, २०८१

तत्काल एकताको प्रक्रिया टुंगो लगाउन माओवादी र एमालेलाई वाइसीएलको आग्रह

  • तत्काल एकताको प्रक्रिया टुंगो लगाउन माओवादी केन्द्र र नेकपा एमालेलाई आग्रह
  • एकपटक समानुपातिक निर्वाचन प्रणालीबाट सांसद भएकालाई पटक–पटक मन्त्री बनाउने प्रणालीको अन्त्य गर्न पार्टी नेतृत्वलाई ध्यानाकर्षण
  • संगठनका केन्द्रीय सचिव रंजित यादव, केन्द्रिय सदस्यहरु अनिल पासवान, गणेश राउतलाई २ नं.प्रदेशमा क्रमश इन्चार्ज, सहयन्चार्ज र संयोजक रहेर समानान्तर प्रदेश समिति निर्माण गरेको  भन्दै निलम्बन

 काठमाडौं, पुस १८,  नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसीएल  नेपालको पुष १६ र १७ गते बसेको केन्द्रीय पदाधिकारीको विस्तारित बैठकले फागुन महिनाभित्र वडादेखि प्रदेशसम्मका सम्मेलनहरु सम्पन्न गर्ने निर्णय गरिएको छ ।   त्यस्तै संगठनका केन्द्रीय सचिव रंजित यादव, केन्द्रिय सदस्यहरु अनिल पासवान, गणेश राउतलाई २ नं.प्रदेशमा क्रमश इन्चार्ज, सहयन्चार्ज र संयोजक रहेर समानान्तर प्रदेश समिति निर्माण गरेको र जिल्लाहरुमा पनि समानान्तार समितिहरु निर्माण गरेकोले संगठनको कुनैपनि जिम्मेवाीमा नरहने गरी निलम्बन गरिएको छ । साथै संगठनका केन्द्रिय सदस्य इन्द्र कठायतलाई नेपाली कांग्रेससँग साँठगाँठ गरेका कारण साधारण सदस्यसमेत नरहने गरी निस्काषन गरिएको जनाएको छ ।

 त्यस्तै बैठकले एकपटक समानुपातिक निर्वाचन प्रणालीबाट सांसद भएकालाई पटक–पटक मन्त्री बनाउने प्रणालीको अन्त्य गर्न पार्टी नेतृत्वलाई ध्यानकर्षण गराउँदैनिर्वाचनका क्रममा अहोरात्र खटेर वाम गठबन्धनलाई जिताउन भूमिका खेल्ने सबै तहका नेता तथा कार्यकर्तालाई बधाई ज्ञापन गरेको छ ।

बैठकपछि जारी विज्ञप्तिमा वाइसीएलले वाम गठबन्धनलाई एकतामा रुपान्तरण गर्न र नेपाली जनताको चाहनाअनुसार नै तत्काल एकताको प्रक्रिया टुंगो लगाउन माओवादी केन्द्र र नेकपा एमालेलाई आग्रह गर्दै पार्टी एकतामा जनयुद्ध, जनभावना र क्रान्तिकारी मूल्य र मान्यतालाई आत्मसात् गर्न समेत ध्यानकर्षण गराएको छ । रोल्पाका शहिद परिवार मंगले दम्पतीको परिवारलाई पार्टी नेता वर्षमान पुनले आवासको व्यवस्था गरेकामा धन्यवाद दिँदै वाइसीएलले लत्ताकपडा र घरायसी सामग्रीको व्यवस्था गर्ने निर्णय गरेको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।