शुक्रबार, चैत्र १६, २०८०

डा. केसी साधारण तारेखमा रिहा, प्र.न्या पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्रको प्रतिलिपि पेस गर्न आदेश

काठमाडौं पुस २६ , प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग्दै आमरण अनशनमा बसेका डा.गोविन्द केसीलाई प्रहरीले गत सोमबार अनसन स्थलबाटै पक्राउ गरेका परेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीलाई सर्वोच्च अदालतले आज साधारण तारेखमा रिहा गरेको छ ।  डा. केसीविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा कृसीको तर्फबाछ वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, श्रीहरि अर्याल, एकराज भण्डारी दिनेश त्रिपाठी, मेजर थापा, गोपाल शिवाकोटीलगायतले बहस गर्नु भएको थियो भने सर्वोच्च अदालतको पक्षबाट वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठ र श्याम खरेललगायतले बहस गरेका थिए ।

बहस सकिएपछि बुधबार न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले साधारण तारेखमा रिहा गर्न आदेशसंगै प्रधानन्यायाधीश गोपाल पराजुलीको दुईओटा नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि पेस गर्न पनि आदेश दिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।