शुक्रबार, बैशाख १४, २०८१

ट्याक्सबारे सम्पूर्ण जानकारी दिने नयाँ अनलाईन पोर्टल सुरु

 काठमाडौ माघ १० ,  अनलाईनबाटै कर सम्बन्धि सेवा र आबश्यक ऐन कानून एकै ठाँउबाट उपलब्ध गराउने उद्देश्यले  नेपाल ट्याक्स अनलाईनप्रा.लि.  मार्फत    NepalTaxOnline.com नामक वेवसाईट सुरु भएको छ । कर सम्बन्धि विभिन्न ऐन, नियम, निर्देशिका, परिपत्र, पुर्वादेश, न्यायधिकरण तथा सर्वोच्च अदालतका कर सम्बन्धि फैसलाहरु लगायतका कर सम्बन्धि सूचना, डाटा तथा अन्यआवश्यक विवरणहरु सहितको सुविधा उवम् करदातालाई परेको समस्याको समाधानबारे अनलाईनबाटै कर विज्ञसँग सल्लाहसमेत प्रस्तुत अनलाइनबाट लिन सक्ने कम्पनीद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा प्रस्तुत अनलाईन पोर्टल केहि समयअघि चार्टर्ड एकाउण्टेट मुकुन्ददेव अधिकारीले सुरुआत गरे पनि पछिल्लो समय आन्तरिक राजस्व विभागको निर्देशकको समेत अनुभव संगालेका बद्रि गौतमको अध्यक्षतामा नयाँ टिम र नयाँ जोश सहित प्रयाप्त डाटावेशमा वृद्धि गरी, वेवसाईट अझ प्रयोगकर्ता मैत्री र करको भरपर्दो एवं विश्वसनिय श्रोत वन्ने बिश्वास गरिएको छ ।

अनलाईन पोर्टलको नया टिममा बरिष्ठ कर परामर्शदाता चार्टर्ड एकाउन्टेन्ट भवनाथ दाहाल, ट्याक्सपर्टका प्रमुख सल्लाहकार तथा कर विज्ञ चार्टर्ड एकाउन्टेन्ट शेषमणि दाहाल सहित राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ख्याती प्राप्त कानुनी सल्लाहकार सरोजकृष्ण घिमिरे तथा लामो समयदेखि कर क्षेत्रमा कामगर्दै आईरहेका दिलिप फुयाँल समेत संलग्न रहेको छन् ।

त्यस्तै प्रयोगकर्ताले नेपाल ट्याक्स अनलाईन वेवसाईट NepalTaxOnline.com मा गएर दर्ता गरी आफ्नो व्यबसाय अनुकुलको सदस्यता रकम एक पटक भुक्तानी गरेपछि यसमा रहेका सुचना तथा जानकारीको अधिकतम उपयोग गरी भरपुर फाईदा लिन उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।