बुधबार, बैशाख ५, २०८१

घ्यू–चाकु, तिलको लड्डु र तरुल  खाएर आज माघे संक्रान्ति पर्व मनाईंदै

काठमाडौं माघ १ ,  आज माघे संक्रान्ति पर्व देशभरका नदी, दोभान तथा त्रिवेणीमा स्नान र देव मन्दिरहरुमा पूजापाठ गर्नुका साथै घ्यू–चाकु, तिलको लड्डु र तरुल  खाएर मनाईंदैछ । ज्योतिष शास्त्रका अनुसार सौर तिथिका हिसाबले आजदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने गर्दछ । त्यसैले यस पर्वलाई मकर संक्रान्ति पनि भन्ने गरिन्छ । आजैदेखि दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ । यस पर्वमा तिलको लड्डु, चाकु, घ्यू, तरुल, खिचडी जस्ता परिकार खाने गरिन्छ ।यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा तातो परिकार खाने गरिएको हो ।    बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वासका कारण   आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी लगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । 

त्यस्तै   थारु समुदायले भने आजको दिनलाइ नयाँ वर्षका रुपमा मनाउने गर्छन् । सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको माघी पर्व पर्दछ । माघ १ गतदेखि पाँच दिनसम्म घरमा ठूला मुढा बालेर धुनी जगाउँदै धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपिन गर्छन् । धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाउँने गरिन्छ ।

 यसैवीच  यस पर्वको सवालमा प्राप्त जनश्रुति अनुसार मकर संक्रान्तिदेखि तिलको दाना आकारमा दिन बढ्दै जान्छ । माघमा जाडो बढी हुने भए पनि यसलाई ग्रीष्म ऋतुको आगमनका रुपमा स्वागत गर्दै आजको दिन विशेष गरी घ्यू, चाकु, तिल, काँचो अदुवाको स–साना टुक्रा, तरुल र मासका विभिन्न खाद्य परिकारका उपभोग गर्दै हिउँदको जाडोमा यसबाट शरीरमा उष्णता बढेर शक्ति प्राप्त हुने विश्वास गरिन्छ । त्यस्तै नेपालको तराई क्षेत्रका मैथिली समुदायमा मकर संक्रान्ति तिला संक्रान्तिका रुपमा प्रसिद्ध छ । यसि दिन बिहानै स्नान गरेर घरमुलीले आफूभन्दा सानालाई तिल, सख्खर खुवाएर बुढेसकालमा सेवा गर्ने बचन लिन्छन् । पूजाआजा अनि खिचडीको भोग देवी देवतालाई लगाइन्छ । खिचडीको विशेष महत्वका कारण खिचडी पर्व भनिने यस दिनमा तराईमा पितृका लागि ब्राह्मणलाई सिदा दान गर्ने प्रचलन रहिआएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु