बिहिबार, बैशाख १३, २०८१

गठबन्धन कार्यदललाइ शिर्ष नेतृत्वको कार्यादेश, विहीबारबाट कार्यदलले काम सुरु गर्ने

काठमाडौं पुस २६,  नेकपा एमाले र माओवादी केन्द्रले राष्ट्रियसभा निर्वाचन, प्रदेशसभा गठन र प्रदेश सरकार निर्माणका लागि गठन गरेको कार्यदलले बिहीबारदेखि आफ्नो काम सुरु गर्ने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आज बसेको बैठकले काम गर्न निर्देशन दिएपछि बिहीबारबाटै कार्यदलले काम सुरु गर्ने भएको तयारी गरेको हो ।

ओली निवासको बैठककाबारेमा जानकारी दिँदै बैठकमा सहभागी कार्यदल सदस्य तथा माओवादी केन्द्रका नेता वर्षमान पुनले कार्यदलले चारओटा मापदन्डका आधारमा बिहीबारबाटै काम सुरु गर्ने सहमति भएको जानकारी दिएका छन ।

त्यस्तै कार्यदललाइ दिएको कार्यादेश अनुरुप कार्यदलले आवश्यक गृहकार्य सहित राष्ट्रियसभाको निर्वाचनमा साझा उम्मेदवार, प्रदेश सरकारको गठन, प्रदेशको मुख्यमन्त्री, सभामुखलगायतका विषयमा साझा धारणा बनाएर पार्टी एकता संयोजन समितिमा प्रतिवेदन पेस गर्ने बताईएको छ ।  स्मरण रहोस कार्यदलमा एमालेको तर्फबाट सुवास नेम्वाङ, शंकर पोखरेल र सुरेन्द्र पाण्डे तथा माओवादी केन्द्रको तर्फबाट रामबहादुर थापा, वर्षमान पुन र मातृका यादव रहेका थिए ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।