शनिबार, बैशाख ८, २०८१

कामपा उपप्रमुख हरिप्रभा खड्गीलाई नेविसंघले दियो धर्ना सहित धुलो र मास्क उपहार

  सफा सुन्दर काठमाडौँ शहर निरोगी भई बाँच्ने हाम्रो रहर,  सरकार छ आफ्नै मस्तीमा जनता छन् धुवाँ र धुलोको सास्तीमा जस्ता नारा लेखिएका प्लेकार्ड प्रर्दशन 

काठमाडौ पुस २८ नेपाल विद्यार्थी संघ काठमाडौ शाखाको संयोजनमा माज धुलो, धुवाँरहित काठमाडौँ निर्माण गर्न माग गर्दै काठमाडौँ महानगरपालिका अगाडि एक घण्टे धर्ना कार्यक्रमको आयोजना गरिएको छ । धर्नाको क्रममा विद्यार्थीहरुले सफा सुन्दर काठमाडौँ शहर निरोगी भई बाँच्ने हाम्रो रहर, बनाउ राजधानी,  सरकार छ आफ्नै मस्तीमा जनता छन् धुवाँ र धुलोको सास्तीमा जस्ता नारा लेखिएका प्लेकार्ड प्रर्दशन गरेका थिए ।

 त्यस्तै धर्नालाइ सम्बोधन गर्दै नेविसंघ काठमाडौ अध्यक्ष मनोज वैद्य, नेवि संघका उपाध्यक्षद्दय नवीन राई लगायतले सम्बोधन गरेका थिए ।
यसैवीच महानगरको गैरजिम्मेवारीपनका कारण जनताले धुलो र धुवाँमा हिँड्नुपरेको जनाउ सहित संघले महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गीलाई काठमाडौका विभिन्न भागबाट संकलन गरेर ल्याइएको धुलो र मास्क बुझ्दै राजधानीमा बढ्दो धुलो नियन्त्रणको लागि आफूहरुले सरोकारवालासँग छलफल गरिरहेको जनाउ दिदै छलफललाइ प्रभावकारी रुपमा कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गनुृ भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।