शनिबार, बैशाख ८, २०८१

कामपाका इन्जिनियर चापागाईं १० हजार घुससहित कार्यकक्षबाटै पक्राउ

 ना.सु पौडेल, खरिदार सुमन पोखरेलविरुद्ध मुद्दा दायर

काठमाडौं माघ २ , अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकामा कार्यरत इन्जिनियर सुशील चापागाईंलाई रु १० हजार घुससहित कार्यकक्षबाटै पक्राउ गरेको छ ।  आयोगद्दारा आज जारी विज्ञप्त्मिा उल्लेख  भएअनुसार भवन निर्माण सम्पन्नताको प्रमाणपत्र दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा आयोगको टोलीले उनलाई पक्राउ गरेको र यस सम्बन्धमा इन्जिनियर चापागार्इंमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

यसैवीच आयोगले यातायात व्यवस्था कार्यालय सुकेधारामा कार्यरत नासु यादव पौडेल, खरिदार सुमन पोखरेलविरुद्ध विशेष अदालतमा हदैसम्मकोे कारबाहीको माग गर्दै आज मुद्दा दायर गरेको छ । विदेशी सवारी चालक अनुमतिपत्रको नेपालीकरण गर्ने प्रयोजनका लागि सेवाग्रीसँग घुस माग्दा माग्दै उनीहरु केही दिन पहिले घुस रकम रु ३० हजारसहित पक्राउ परेका थिए । उनीहरुको साथमा लेखापढी व्यावसायी अशोक कार्कीसमेत पक्राउ परेका थिए ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।