शुक्रबार, चैत्र १६, २०८०

काठमाडौ युनियनको जिल्ला अधिवेशन ज्येष्ठमा

 काठमाडौ माघ ५ , नेपाल प्रेश युनियन काठमाडौ शाखाको आठौँ जिल्ला अधिवेशन आगामी ज्येष्ठमा हुने भएको छ । आज शाखा अध्यक्ष नकुल अर्यालको अध्यक्षतामा बसेको बैठकले विधान र केन्द्रीय समितिको निर्देशनअनुसार जेठमा गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले युनियनले नयाँ सदस्यता लिन तथा पुरानो सदस्यता नवीकरण गर्न माघ मसान्तसम्म आवेदन खुला गर्ने निर्णय सहित  नयाँ सदस्यता लिन चाहने पत्रकारका लागि आवश्यक प्रमाणसहित रु ३५० र नवीकरणका लागि चार वर्षको एकमुष्ट रु ९५० बुझाउन युनियनले सबैमा अनुरोध गरेको छ । साथै संविधानले तय गरेको संरचनाअनुसार विधान समयानुकूल परिमार्जन गर्न केन्द्रीय समितिसँग माग गर्ने निर्णयसमेत गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।