बिहिबार, बैशाख १३, २०८१

काठमाडौका कुन उम्मेदवारको चुनावी खर्च कती ?

 काठमाडौं माघ ३,   गत मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन अन्र्तगत काठमाडौ जिल्लाबाट उम्मेदवार भएका राजनैतिक दलका नेताहरुले आफ्नो खर्च विवरण बुझाउने क्रम जारी रहेको क्षेत्रीय निर्वाचन कार्यालय काठमाडौंले जनाएको छ ।  क्षेत्रीय निर्वाचन कार्यालय काठमाडौं अनुसार अहिलेसम्म १० निर्वाचन क्षेत्र रहेको काठमाडौं जील्लामा प्रतिनिधिसभा सदस्यतर्फ १७१ र प्रदेशसभा सदस्यतर्फ २२२ जनाले उम्मेदवारी दिएका थिए ।

उहाँका अनुसार प्रतिनिधिसभातर्फ ६१ र प्रदेशसभातर्फ ९१ जनाले खर्च विवरण बुझाएका छन् । काठमाडौ जिल्लाका १० निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यतर्फ १७१ र प्रदेशसभा सदस्यतर्फ २२२ जनाले उम्मेदवारी दिएका थिए । यसमध्ये निर्वाचन क्षेत्र न १ बाट विजयी भएका नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले रु १७ लाख ३० हजार ५००, त्यस्तैगरि काठमाडौं क्षेत्र नं २ बाट विजय हुनुभएका एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले रु १४ लाख ९० हजार, काठमाडौँ क्षेत्र नं ३ बाट विजय हुनुभएका कृष्ण राईले रु २२ लाख ५६ हजार,   क्षेत्र नं ४ बाट उम्मेदवार बन्नुभएका काँग्रेसका युवा नेता गगन थापाले रु २४ लाख १३ हजार १००,   क्षेत्र नं ५ बाट विजय हुनुभएका एमालेका महासचिव ईश्वर पोखरेलले रु २४ लाख १४ हजार ७८,  यसैगरी काठमाडौ क्षेत्र नं ७ बाट विजय हुनुभएका  एमालेका  रामवीर मानन्धर  काठमाडौ क्षेत्र नं ८ बाट विजय हुनुभएका जीवनराम श्रेष्ठ र क्षेत्र नंं १० बाट विजय हुनुभएका काँग्रेसका राजन केसीले भने आफ्नो खर्च विवरण यो समाचार तयार पार्दा सम्म् नबुझाएको जनाएको छ ।  त्यस्तै क्षेत्र नंं ९ बाट विजय हुनुभएका एमालेका नेता कृष्ण गोपाल श्रेष्ठ रु १२ लाख ७८ हजार खर्च विवरण बुझाउनु भएको छ । आयोगले यसअघि प्रतिनिधिसभा सदस्यका लागि रु २५ लाख र प्रदेशसभा सदस्यका लागि रु १५ लाखसम्म खर्च सिमा मापन गर्दै खर्च विवरण नबुझाउने उम्मेदवारलाई छ वर्षसम्म उम्मेदवार हुन नपाउने कानुनी व्यवस्था रहेको जनाएको छ

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।