शुक्रबार, चैत्र १६, २०८०

काँग्रेस आफ्नो नेतृत्वमा सरकार बनाउने खेलमा नरहेको रक्षामन्त्री प्रधानको स्पष्टोक्ति

  काठमाडौं पुस २३ , आइतबार खोटाङ सदरमुकाम दिक्तेलमा नेपाल प्रेस युनियन दिक्तेल शाखाले गरेको पत्रकार भेटघाटमा वोल्दै रक्षा मन्त्री भिमसेनदास प्रधानले काँग्रेस आफ्नो नेतृत्वमा सरकार बनाउने खेलमा नरहेको बताएका छन ।

दिक्तेलको मुडेस्थित शेरगण निरीक्षणको क्रममा खोटाङ पुग्नु भएका   मन्त्री प्रधानले निर्वाचनको क्रममा काँग्रेस हारे पनि लोकतन्त्रले जितेको जनाउ दिदै सम्बोधनको क्रममा मन्त्री प्रधानले अब बन्ने सरकारले मुलुकलाई सुशासन देओस्, समृद्धि देओस्, भ्रष्टाचारलाई न्यूनीकरण गरोस् भन्दै जनताले कांग्रेसलाई प्रतिपक्षमा र बाम गठबन्धनलाइ सत्तामा जान आदेश दिएकै कारण जनमतको सम्मान गर्दै काँग्रेसले लोकतन्त्रको पहेरेदारी गर्ने बताउनु भएको   उहाँका  सहयोगी महेश गौतमले जानकार दिनु भएको  छ ।

त्यसअघि उहाँले नगर कार्य समिती दिक्तेलले गरेको कार्यक्रममा आफ्ना जिल्ला स्तरिय नेता तथा कार्यकर्ताहरुलाई प्रशिक्षण दिनु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।