शुक्रबार, चैत्र १६, २०८०

एमाले र माओवादीवीच संगठनात्मक मार्गचित्र बनाउन आज एकता संयोजन समितिको बैठक बस्दै

एमाले र माओवादीले पार्टी एकता प्रसंग:

काठमाडौं पुस २५, बहुचर्चित नेकपा एमाले र माओवादी केन्द्रवीचको पार्टी एकताको सवालमा नितिगत रुपमा पार्टीको संगठनात्मक मार्गचित्र बनाउनका आज अपरान्ह दुइ दलको शिर्ष नेतृत्व सहित एकता संयोजन समितिको बैठक बस्ने भएको छ ।

आइतवार माओवादी केन्द्रका अध्यक्ष र एमालेका अध्यक्ष केपी ओलीवीच ओली निवास भक्तपुर वालकोटमा भएको वान टु वान वार्ता त्यस्तै सोमवार भएको एमाले स्थायी समितिको बैठक र माओवादी केन्द्रको हेडक्वाटर बैठकमा भएको आन्तरिक छलफल पछि प्राप्त निष्कर्षको आधारमा थप मार्ग चित्र बनाउनको लागि आज  एकता संयोजन समितिको बैठक बस्न लागेको हो ।

सम्वद्ध स्रोतका अनुसार अपरान्ह ३ बजे बस्ने भनिएको  संयोजन समितिको बैठकमा मुलत पार्टी एकता र त्यसपटिको संगठनात्मक जिम्मेवारी लगायतका सवालमा छलफल गरिने बुझिएको छ । त्यस्तै छलफल पछि एकताको गृहकार्य गर्न कार्यदल गठन गर्दै गठित कार्यदलले दिएको प्रतिवेदनका आधारमा एकता प्रक्रिया अघि बढाउने तयारी भएको बताईएको छ ।   एकता संयोजन समितिमा एमालेबाट अध्यक्ष ओली, बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र महासचिव इश्वर पोखरेल रहनुभएको छ भने माओवादीबाट अध्यक्ष दाहाल, नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा रहेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।