शुक्रबार, बैशाख ७, २०८१

आयोग र मुलुकका प्रमुख ५ दलवीच आसन्न राष्ट्रियसभा सदस्य निर्वाचन केन्द्रीत छलफल

काठमाडौ माघ २,  निर्वाचन आयोगका पदाधिकारी मुलुकका प्रमुख ५ दल वीच आज आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनको सञ्चालन र व्यवस्थापनको सन्दर्भमा विशो छलफल भएको छ । छलफलमा मुलत निर्वाचन आयोगले आसन्न राष्ट्रियसभा निर्वाचनको कार्यक्रम र  बारेमा प्रमुख ५   दलका नेतालाई  जानकारी गराईएको थियो ।

आयोग मुख्यालयमा भएको उक्त छलफलमा आयोगले काँग्रेस एमाले माओवादी केन्द्र राजपा संघीय समाजवादी फोरमका नेताहरुसंग राष्ट्रियसभा निर्वाचन नियमावली, निर्देशिका, मतपत्रको ढाँचा र मतगणनाका प्राविधिक विषयमा छलफल गर्दा ५ दलका नेताहरुले राष्ट्रियसभा सदस्य निर्वाचनको सन्दर्भमा सुझाव प्रस्तुत गरेका थिए ।    निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि एकल संक्रमणीय र बहुमतिय गरी तयार पारेको दुई प्रकारका मतपत्रको ढाँचा तयार पारेको छ ।

आजको छलफलमा बैठकमा एमालेका तर्फबाट नेता नेम्वाङ, अग्नि खरेल, नेकाका तर्फबाट नेता लेखक, बालकृष्ण खाँण, माओवादी केन्द्रका तर्फबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, रामनारायण बिडारी, सङ्घीय समाजवादी फोरमका तर्फबाट राजेन्द्र श्रेष्ठ, राष्ट्रिय जनता पार्टीका तर्फबाट नेता महन्थ ठाकुर तथा आयुक्तहरु ईश्वरी पौडेल, नगेन्द्र दाहाललगायतको सहभागिता थियो । त्यस्तै आयोगले पुनः एक सातापछि दलहरुसंग छलफल गर्ने जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु