बुधबार, बैशाख १२, २०८१

आयोग अदृश्य शक्तिको प्रभावमा परेको पूर्वमन्त्री राईको आरोप

भक्तपुर पुस २५,  नेकपा एमालेको युवा नेता एवमं पूर्व मन्त्री शेरधन राईले निर्वाचन आयोग अदृश्य शक्तिको प्रभावमा परेको आरोप लगाउनु भएको छ ।  रफत सञ्चार क्लबद्दारा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री राइले निर्वाचन आयोगको पछिल्लो गतिबिधिलाई नियाल्दा देशी बिदेशी शक्तिको तुरुपको र संबिधानको मर्म बिपरित गएर काम गरिरहेको आरोप लगाउनु भएको हो ।
उहाँले बर्तमान देउवा सरकाले जनादेश र संबिधान बिपरित गएर आफ्नो आयु लम्बाउने काम गरेको भन्दै उसले गरेका हरेक महत्वपूर्ण बिषय अव बन्ने बाम गठबन्धनको सरकारलाई मान्य नहुने बताउनु भयो ।

बामगठबन्धन टुटाउन देशी बिदेशी शक्ति लागिपरेको बताउँदै उहाँले भन्नु भयो जनताले पार्टी एकिकरण गर्न नसके पनि न्यूनतमा पाँच वर्ष सत्ता सञ्चालनका लागि जिम्मेवारी प्रदान गरेकोले अव एमाले र माओबादी यसबाट पछि हट्न सक्दैनन् । एमाले अध्यक्ष केपी शर्मा आली र माओवादी अध्यक्ष प्रचण्डको बिकल्प नभएको भन्दै उहाँले   पुस्ता सक्षम भएता पनि बाम गठबन्धन भित्र केही ब्यक्तिले नयाँ पुस्ताको प्रधानमन्त्रीमा दाबी भन्ने समय सापेक्ष नरहेकोे बताउनु भयो ।

प्रदेश सरकारका लागि सबै भन्दा ठूलो बिषय आर्थिक पाटो रहेको बताउँदै समस्याहरु रहेता पनि यसको समाधान गर्न आफ्नो स्रोत साधनको उपयोग र भ्रष्टाचार मुक्त देश तर्फ बढ्न नसके थप जटिलता निम्ताउने दाबी गर्नु भयो । अव केहि समयमै बन्ने प्रदेश नं एकको प्रदेश तर्फको मुख्य मन्त्री आफू बन्ने भन्दै त्यसका लागि आफू सम्पूर्ण रुपमा तयार रहेको उहाँले बताउनु भयो ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।