शुक्रबार, चैत्र १६, २०८०

आन्दोलनको नाममा आन्दोलन, प्राप्त उपलब्धीलाइ नामेट गर्ने प्रयास

 सरकारले आज मन्त्रीपरिषदको बैठक मार्फत  प्रदेश प्रमुख नियुक्ति र प्रदेशको अस्थायी राजधानी तोक्ने तयारी  सहित बैठक बस्दै गर्दा प्रदेश राजधानी माग गर्दै केहि प्रदेशमा सुरु आह्वान गरिएको आमहड्तालका कारण धनकुटा , डोटी र दाङको जनजीवन प्रभावित भएको छ ।
धनकुटाबासीले प्रदेश नम्बर १ को राजधानी धनकुटा , धरान, इटहरी, विराटनगरलाई त्यस्तै प्रदेश २ मा जनकपुर र वीरगञ्ज प्रदेश ३ को भक्तपुर, ललितपुर, बनेपा, धुलिखेल, हेटौँडा, भरतपुर नुवाकोट प्रदेश ५ को राजधानी दाङ बुटवल, भैरहवा र प्रदेश ७ को धनगढी,  , डडेलधुरा र डोटीको दिपायलमा राजधानीका माग गर्दै दबाब सिर्जना गर्नु भनेको आफैमा सकारात्म सन्देश मान्न किमार्थ सकिदैन ।

संविधानत व्यवस्था अनुरुप धारा २८८ को उपधारा २ मा ‘यस संविधानबमोजिमका प्रदेशको राजधानी सम्बन्धित प्रदेशसभामा तत्काल कायम रहेका सदस्य सङ्ख्याको दुईतिहाइ बहुमतबाट निर्णय भएबमोजिम हुनेछ’ भनिएको छ । सोही धाराको उपधारा ३ मा यसरी निर्णय नभएसम्म नेपाल सरकारले तोकेबमोजिमको स्थानबाट प्रदेशको कार्य सञ्चालन हुने व्यवस्था भएपनि  हुँदा हुदै पनि आन्दोलन छेडिनु भनेको आन्दोलनको नाममा आन्दोलन र यसवीचमा प्राप्त सम्पूर्ण उपलब्धीलाइ नामेट गर्ने प्रयास मात्र भएको सहजै वोध गर्न सकिन्छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।