शुक्रबार, चैत्र १६, २०८०

आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहप्रति राष्ट्रपति र प्रधानमन्त्रीद्वारा श्रद्धासुमन अभिव्यक्त

काठमाडौं पौष २७, राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले पेथ्वी जयन्तीको अवसरमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्नु भएको छ । २९६औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज सिंहदरबारको पश्चिम गेटअगाडि रहेको शाहको सालिकमा पुगेर राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाले माल्यार्पण गरेको हो ।

त्यस्तै राज्य स्तरबाट ११ वर्ष पछि सार्वजनिक विदाको आव्हान गर्दै मनाईएको २९६औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा उपप्रधानमन्त्री कमल थापा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देव, महिला, बालबालिका तथा समाज कल्याणमन्त्री विक्रमबहादुर थापा, आपूर्तिमन्त्री जयन्त चन्द, प्रधानसेनापति राजेन्द्र क्षत्री, विभिन्न प्रतिष्ठानका कुलपति, उपकुलपति, सदस्यसचिव, नेपाली कांग्रेसका नेता डा। रामशरण महतसहित नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रमुख तथा उच्चपदस्थ कर्मचारीले समेत उहाँको सालिकमा माल्यार्पण गरेका थिए भने त्यसअवसरमा नेपाली सेनाको टोलीले राष्ट्रपति भण्डारीलाई सलामीगारद अर्पण गरेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।