शुक्रबार, चैत्र १६, २०८०

आज २९६औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम सहित मनाइदै

काठमाडौं पौष २७, आज २९६औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस आज विभिन्न कार्यक्रममा साथ मनाइदै छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरणको महायात्रा सुरू गरी र कैयौं स्थानलाई नेपाल राष्ट्रमा गाभेर ४ वर्ण र ३६ जातको फूलबारीको सृष्टि गर्नु भएको थियो । तत्कालीन भुरे टाकुरे राज्यमा विभाजित नेपाललाई समयको माग र आवश्यकता अनुरुप एकीकरण गरी आधुनिक नेपालको निमार्णमा राजा पृथ्वी नारयाण शाहले दिएको योगदानको सम्मानमा आज राजधानीस्थित सिंहदरबारको पश्चिम ढोकास्थित उहाँको शालीकमा माल्यार्पण गर्दै श्रद्धासुमन व्यक्त गर्ने कार्यक्रमको रहेको छ ।

  मुलुककमा पछिल्लो समय भएको परिवर्तन संगै अर्थात मुलुक गणतन्त्रमय भएयता राज्यले पृथ्वीनारायण शाहको जन्म जयन्तीको अवसरमा दिइने सार्वजनिक विदा समेत कटौती गरेपनि पछिल्लो समय  आजको दिन राष्ट्रिय एकता दिवसको अवसरमा भने ११ वर्षपछि सार्वजनिक विदा भने दिईएको छ । मन्त्रीपरिषदको गत मंसिर १४ गते बसेको बैठकले पौष २७ गते अर्थात पृथ्वी जयन्तीको दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा बिश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय लगायतका संघसंस्थाले पृथ्वीनारायण शाह स्मरण सहित र्याली सहित उहाँको शालीकमा माल्यार्पण गर्ने कार्यक्रम तय  गरेको  बुझिएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।