शुक्रबार, चैत्र १६, २०८०

आज  मन्त्रिपरिषदको बैठक बस्दै,  प्रदेश प्रमुख नियुक्ति, अस्थायी राजधानीको एजेन्दा ओझेलमा

काठमाडौं पुस २८,  आज बस्ने मन्त्रिपरिषदको बैठकमार्फत सरकारले प्रदेश प्रमुख नियुक्ति र अस्थायी राजधानी तोक्ने भनिएपनि यस सम्बन्धमा खासै त्यस्तो कुनै गृहकार्य नभएको सम्वछ स्रोतले जनाएको छ । समाचार स्रोतका अनुसार प्रस्तावित एजेन्दाको लागि आवश्यक गृहकार्य नपुगेको भन्दै तत्काललाइ यसविषमा कुनै नितिगत निर्णय नगर्ने मनस्थित प्रम देउवाले बनाउँनु भएको बुझिएको छ ।

त्यसोत यअघि प्रम देउवाले प्रदेश प्रमुख नियुक्ति, अस्थायी राजधानी वा अस्थायी कार्यालय तोक्ने विषयमा आवश्यक गृहकार्य अन्र्तगत राजनीतिक परामर्श नगरेका भने होइन तर अचानक प्रस्तावित एजेन्दामा नितिगत निर्णय गर्न प्रम देउवाले गृहकार्य नपुगेको भन्दै पछि हटेको बताईएको छ ।
स्मरण रहोस प्रदेश प्रमुख र अस्थायी राजधानीबारे निर्णय हुन नसक्दा संवैधानिक व्यवस्था अनुरुप आयोगले प्रदेश सभा निर्वाचनको प्रतिवेदन प्रदेश प्रमुखलाई बुझाउन नसक्दा निर्वाचन परिणाम समेत सार्वजनिक गर्न सकिरहेको छैन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।