शनिबार, बैशाख ८, २०८१

आजबाट विधिवत स्वस्थानीको व्रत साङ्गे गरिदै

काठमाडौ माघ २८,  गत पौष शुल्क पूर्णिमादेखि सुरुभएको श्रीस्वस्थानी परमेश्वरीको व्रतकथाको आजबाट साङ्गे हुँदैछ । एक महिनासम्म बसिने यो व्रत विशेषगरी पौराणिक धर्मग्रन्थ स्कन्द पुराणमा आधारित छ । सत्ययुगमा भगवान् विष्णुको सल्लाहअनुसार हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउँ भनी बालुवाको शिवलिंग बनाई निराहार व्रत बसेर तपस्या गरी मनोकांक्षा पूरा भएको कुरा स्वस्थानी कथासँग जोडिएको छ । हिन्दू धर्मावलम्बी समूदायकावीच बीच विशिष्ट महत्व राख्ने यो व्रत बस्नाले मनले चिताएको मनोकाक्षा पूरा हुने विश्वासका साथ एक महिना अवधिसम्म बस्ने गरिन्छ ।

त्यस्तै गरि आजको दिन स्वस्थानी परमेश्वरीको व्रतकथामा उल्लेख भएको अनुरुप व्रतालुहरूले स्वस्थानी परमेश्वरीलाई अक्षत रोटी, अक्षता, बेली पुष्प, यज्ञसूत्र, कुटो सुपारी, पान, धूप, दीप, नैवेद्य, कस्तुरीलगायतका सामग्रीका साथै विभिन्न फलफूल प्रत्येक १०८ संख्यामा परमेश्वरीलाई चढाउने गरिन्छ । स्वस्थानी परमेश्वरीको शिलामूर्ति राजधानीको मखनटोलस्थित तारिणी बहालभित्र छ ।

यसैवीच स्थानीय साँखुस्थित शालीनदीमा विभिन्न जिल्लाबाट आएका भक्तजनले माघ महिनाका स्वामी नामले चिनिने माधवनारायणको जलप्रसाद ग्रहण गरी गत पौष  शुक्ल पूर्णिमादेखि व्रत शुभारम्भ गरेका थिए ।  शालीनदीका व्रतालुले सबै विधि पूरा गरी अश्वमेध यज्ञ गरी माधवनारायण स्वस्थानी मेला समापन गरेकोसमितिले जनाएको छ ।  यसैवीच घरघरमा गरिने कथा वाचा तथा स्वस्थानी व्रतको सांगेको दिन खग्रास चन्द्र ग्रहण लाग्ने भएकाले कसैले बिहाननै त कसैले चन्द्र ग्रहण पछि समापन गर्ने तयारी गरेका छन ।