बुधबार, बैशाख १२, २०८१

आजबाटआकस्मिक सवारी वाहेक राजधानीको भित्री सडकमा चारपाङ्ग्रे सवारी साधन प्रवेश निषेध

काठमाडौं माघ २,  काठमाडौं महानगरपालिकोले सास्कृतिक एवम् पुरातात्विक शहरका रुपमा परिचित राजधानीको भित्री सडकमा आजबाट चारपाङ्ग्रे सवारी साधनलाइ प्रवेश निषेध गर्ने भएको छ । यसको लागि काठमाडौं महानगरपालिका र महानगरिय ट्राफिक प्रहरी महाशाखाको सयुक्त सहकार्यमा महानगर अन्र्तगत ७ वटा वडा क्रमस १७, १८, १९, २२, २४, २५ र २७ का भित्री सडकमा  चारपपाङ्ग्रे सवारी साधन प्रवेश निषेध गर्न लागेको हो ।

महानगरपालिकाको भित्रीशहर स्थित ऐतिहासिक, सांस्कृतिक एवं पुरात्विक सम्पदाको संरक्षणका लागि भन्दै विहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म भित्री सडकमा आकस्मिक सवारी वाहे चारपाङ्ग्रे सवारी साधन गुड्न रोक लगाइने महानगरद्दारा यसअघि आयोजित पत्रकार सम्मेलन मार्फत दिईएको थियो । पत्रकार सम्मेलनमा कामपा वडा . न २५ का वडाध्यक्ष निलकाजी शाक्यले राजधानीको असन क्षेत्रलाइ लक्षित गरि महानगरिय ट्राफिक प्रहरी महाशाखा संगको सयुक्त सहकार्यमा स्थानीय कल्व संघ संस्था लगायत स्थानीय भद्रजनसंग समेत आवश्यक छलफल र परामर्शपछि प्रस्तुत कार्यक्रमको अवधारणा लागु गर्न गइरहेको जानकारी दिदै प्रस्तावित वडाका क्षेत्रमा चारपाङ्ग्रे सवारीलाइ केहि क्षेमा पूर्ण प्रतिबन्ध त केहि क्षेत्रमा एकतर्फी आवागमन खुला गरि अव्यवस्थित सवारी साधनलाइ व्यवस्थित गर्न लागेको बताउनु भएको थियो ।

त्यस्तै ट्राफिक प्रहरी निरिक्षक विदूरकुमार थापाले चारपाङ्ग्रे सवारी साधनका कारण भित्री सडकमा पैदल यात्रुहरुले जोखिम पूर्ण यात्रा गर्नु परिरहेको अवस्थालाइ दृष्टिगत गर्दै प्रस्तुत कार्यक्रमको अवधारणा कार्यान्वयन गर्न लागेको जनाउ दिनु भएको छ । साथै उहाँले प्रस्तावित क्षेत्रमा चारपाङ्ग्रे सवारी साधन निषेध गरि पनि मोटरसाइकललाई गुड्न रोक नलगाइएको बताए । त्यस्तै कोही व्यक्ति वा संस्थालाई निषेध गरिएकै समयमा सवारी–साधनको आवश्यक परी सन्चालन गर्न परेमा वडा कार्यालय वा ट्राफिक प्रहरीसँग समन्वय गरि कार्य सम्पादन गर्न सकिने जनाउ दिनु भएको थियो । ।

यस्तो छ चारपाङ्ग्रे सवारी साधन निषेधित क्षेत्र :    भोटाहीटीबाट असन चोकसम्म चारपाङ्ग्रे सवारी साधनलाई एकतर्फी निधेषित क्षेत्र बनाईएको छ । यस्तै, नरदेविबाट भेडासिङ्ग हुँदै इन्द्रचोकसम्म तथा टेंङ्गलबाट बांङ्गेमुढा हँदै भेडासिङ्ग, एन्द्रचोकसम्म र क्षेत्रपाटीबाट ठहिटीहुँदै नघःल बांङ्गेमुढा भेडासिङ्ग हुँदै इन्द्रचोकसम्म एकतर्फि जान पाउने व्यवस्था मिलाइएको छ । साथै, इन्द्रचोकबाट असन, इन्द्रचोकबाट भेडासिंङ्ग, ज्याठाबाट त्यौड, ठहिटीबाट असन, कमलाक्षीबाट असन, महाबौद्धबाट असन, इन्द्रचोकबाट वंटुसम्म चारपाङ्ग्रे सवारी साधानलाई पूर्ण रुपमा निषेध गरिएको जानकारी दिईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।