शनिबार, बैशाख ८, २०८१

आइतवार सरकारले तोकेको अस्थायी प्रादेशिक राजधानीमा प्रदेशसभा सदस्यलाइ शपथ गराइने

 काठमाडौं माघ ५ , शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखलाई पद तथा गोपनियताको शपथ दिलाएसंगै प्रदेशसभा सदस्यको शपथका लागि तयारी शुरु भएको छ ।  शपथग्रहणलगत्तै प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले ७ वटै प्रदेशका प्रदेश प्रमुखलाई राष्ट्रपति कार्यालय शीतल निवासमा प्रदेशसभा निर्वाचनको अन्तिम नतिजासहितको प्रतिवेदन बुझाइएको छ । प्रतिवेदन बुझाउँदै डा यादवले प्रदेशसभा सदस्यको सपथका लागि आग्रहगरे अनुरुप आगामी आइतवार प्रदेशसभा सस्यहरुलाइ सपथ ग्रहण गराउँने तयारी गरेको हो ।

त्यस अवसरमा प्रमुख आयुक्त यादवले प्रदेशसभा सदस्य राष्ट्रियसभा निर्वाचनको मतदाता हुने भएकाले मतदाता नामावली प्रकाशन गर्ने मितिअघि नै शपथ ग्रहण गराइसक्नुपर्ने कानूनी व्यवस्थाका बारेमा जानकारी गराउँदै यस्तो आग्रह गर्नु भएको हो । आसन्न २४ गते हुने राष्ट्रियसभा सदस्यका लागि माघ ७ गते नामावली प्रकाशन गर्ने तालिका सार्वजनिक गरिसकेको छ । आज राष्ट्रपतिसँग शपथ लिएका प्रदेश प्रमुखले तत्कालका लागि भौतिक पूर्वाधार पुरा नभएपनि सरकारले तोकेको अस्थायी मुकाममा गएर प्रदेशसभाको विधिवत सञ्चालन गर्ने भएको छ ।

प्रमुखको शपथग्रहणलगत्तै प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले ७ तवटै प्रदेशका प्रदेश प्रमुखलाई राष्ट्रपति कार्यालय शीतल निवासमा प्रदेशसभा निर्वाचनको अन्तिम नतिजासहितको प्रतिवेदन बुझाउँदै प्रमुख आयुक्त, डा यादवले सबै प्रदेश प्रमुखलाई राष्ट्रियसभा निर्वाचनको तालिकाअनुसार प्रदेशसभा सदस्यहरुलाई आइतबार बिहान ११ बजेसम्म शपथ ग्रहण गराइदिनहुन आग्रह गर्नुभएको थियो । फोटो: राष्ट्रपति कार्यालय

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।