शनिबार, बैशाख ८, २०८१

अस्थायी राजधानी र प्रमुखको सवालमा नयाँ सरकारले यथोचित निर्णय गर्ने एमाले अध्यक्ष ओलीको जनाउ

बैंककमा रहँदा कुनैपनि व्यक्ति विशेषसंग कुनैपनि भेटघाट नभएको प्रष्टोक्ति  

काठमाडौ माघ ४ ,  गत पुस २६ गते बैककमा आफ्नो नियमित स्वास्थ्य परीक्षणका लागि जनाुभएका अध्यक्ष ओली आज आफ्नो स्वास्थ्य परीक्षण गराई थाइल्याण्डको राजधानी बैंककबाट स्वदेश फर्कर्ने क्रममा एमालेका अध्यक्ष केपी ओलीले विमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै सकारले तोकेको प्रदेशको अस्थायी राजधानीका सम्बन्धमा  प्रदेशसभाले आवश्यकता र सम्भावना हेरी निर्णय गर्ने भएकाले अहिले यसको विपक्षमा आन्दोलित हुन आवश्यक नभएको पनि बताउनुभएको छ ।

प्राय सधै आक्रमक रुपमा प्रस्तुत हुने अध्यक्ष ओलीले यस पटक भने सौम्यशैलीमा एमाले र माओवादी केन्द्रवीच एकता प्रक्रिया तीव्रताका साथ अगाडि बढ्ने जनाउ दिदै देउवा सरकारले तोकेका प्रदेश प्रमुखहरूका सवालमा समेत गुण र दोषको आधारमा नयाँ सरकारले यथावत् राख्ने वा हेरफेर गर्ने भन्नेबारेमा आवश्यक निर्णय लिने बताउँनु भएको छ ।

उहाँले प्रदेश प्रमुखहरूका सम्बन्धमा नयाँ सरकारले थप बुझेर यथावत् राख्ने वा हेरफेर गर्ने भन्नेबारेमा आवश्यक निर्णय लिने प्रष्ट गर्नुभयो । त्यस्तै उहाँले आफ्नो स्वास्थ्य ठीक रहेको भन्दै आफु बैंककमा रहँदा कुनैपनि व्यक्ति विशेषसंग कुनैपनि भेटघाट नभएको प्रष्टोक्ति दिदै बजारमा आएको हल्ला केवल प्रो्प्रोगण्डा मात्र भएको बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।